२४ मंसिर २०८२, बुधबार
,
Latest
प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट ३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

६८ लाख नगद सहित हुण्डी कारोबारमा संलग्नहरू प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडाैंः

नेपाल प्रहरीले एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डमा अवैध रुपमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दा चार जना व्यक्तिबाट ६८ लाख नगद र रकम उल्लेख गरिएका पाँच थान चेक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीले प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको सेतो रङको हुन्डाइ कम्पनीको क्रेटा कारलाई चेकजाँच गर्ने क्रममा उक्त नगद फेला परेको हाे । प्रहरीले नगद, चेक र चार जना व्यक्तिलाइ नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ संसोधित १२५(क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धानका लागि राखेको बताएको छ ।

क) पक्राउ परेका व्यक्तिहरु:-
१. का.जि.का.म.न.पा. ३२ दोभानपुल घर भई बस्ने बर्ष ४६ को राज कुमार माली ।
२. का.जि.का.म.न.पा. १० नयाँ बानेश्वर घर भई बस्ने बर्ष १८ को आवाद सिंह ।
३. जि. झापा विर्तामोड न.पा. वडा नं. ५ घर हुने वर्ष २७ को युवराज सुवेदी ।
४. जि. झापा अर्जुनधारा न.पा. ७ घर भई हाल का.जि.का.म.न.पा. ७ बस्ने बर्ष ३२ को प्रवेश कुमार पौडेल ।

ख) बरामद दशी:-
१. स्रोत नखुलेको नेपाली नगद रू.६८,००,०००/–
२. रकम उल्लेख गरिएका चेक थान ५
३. मोबाइल थान ५
४. प्रदेश ३-०१-०२२ च १९७२ नं.को सेतो रङको हुन्डाइ कम्पनीको क्रेटा कार