२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०२ वर्षपछि भालुबाङमा यसरी फर्कियो प्रशासन



अ+ अ-

काठमाडौं । भालुबाङ अर्थात् ढुंगा गुड्ने चौर । मगर खाम भाषाको ‘बालुङबाङ (बा भनेको गुड्ने, लुङ भनेको ढुंगा र बाङ भनेको चौर) बाट अपभ्रंश भएर भनेको ‘भालुबाङ’ लुम्बिनी प्रदेशको राजधानी तोकिएसँगै एकाएक चर्चामा आएको छ । यो चौर एक सय दुई वर्षपछि फेरि प्रशासनिक शक्तिकेन्द्र बन्न पुगेर चर्चामा आएको हो । 

दाङको देउखुरी उपत्यकामा पर्ने भालुबाङ एक सय दुई वर्षअघि पनि प्रशासनिक शक्तिकेन्द्र थियो । दाङ मात्र नभई बाँकेसम्मको सरकारी प्रशासनिक शासन व्यवस्था सञ्चालन यहीँबाट हुने गरेको दाङको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक सुदीप गौतम बताउँछन् । उनका अनुसार वि।सं। १९६५ मा दाङ, देउखुरी र बाँकेको सुनार ९अहिलेको राप्ती सोनारी गाउँपालिका० हेर्ने गरी सरकारी अड्डा स्थापना भएको थियो । ‘त्यतिवेला भालुबाङ क्षेत्रको देवीकोटमा सरकारी अड्डा हुलाक र अमिनी ९अदालत० स्थापना भएको थियो,’ गौतम भन्छन् । 

उनका अनुसार यस क्षेत्रमा सरकारी अड्डाको सुरुवात नै भालुबाङ क्षेत्रबाट भएको थियो । ‘भालुबाङ क्षेत्र दाङमै पनि ओझेलमा परेजस्तो देखिए पनि यसको आफ्नै मौलिक इतिहास छ,’ प्राध्यापक गौतम भन्छन्, ‘सिंगो दाङ मात्र नभएर बाँकेसम्म शासन–व्यवस्था सञ्चालन गरेको भालुबाङले लामो समयपछि आफ्नो गुमेको भूमिका फिर्ता पाएको छ ।’ त्यतिवेला १० वर्षसम्म प्रशासनिक केन्द्रको रूपमा रहेको भालुबाङ वि।सं। १९७५ मा सरकारी माल अड्डा अहिलेको घोराही उपमहानगरपालिका–५ सर्रिकोटमा सरेपछि सुनसान बनेको थियो । प्रदेश राजधानी तोकिएसँगै फेरि पुरानै लयमा फर्किने गौतमको विश्वास छ । 

उसो त स्थानीय बासिन्दा पनि खुसी छन् । स्थानीय होमप्रसाद शर्मा अब विकास निर्माणले पनि गति पाउने आशा गर्छन् । ‘विकास निर्माणसँगै अस्थायी भालुबाङले स्थायित्व पाउनेमा आशावादी छौँ,’ शर्मा भन्छन्, ‘राजधानीलाई हामीले स्थायित्व दिनेछौँ भने राजधानीले हामीलाई पनि स्थायित्व दिने आशामा छौँ ।’ 

उनले स्थायित्व भन्नुको अर्थ हो, उपभोग गरेको जमिनको लालपुर्जा । भालुबाङको ३१ बिघा क्षेत्रफलमा दुई हजार पाँच सय घरधुरी छन् । तर, कसैले पनि लालपुर्जा पाएका छैनन् । लामो समयदेखि लालपुर्जाको माग गर्दै आएको भए पनि कसैले वास्ता नगरेको स्थानीय बासिन्दा शर्मा गुनासो गर्छन् । 

एक सय १२ वर्षअघि नै बस्ती रहे पनि अहिलेको भालुबाङ बजार क्षेत्रमा बस्ती बस्न थालेको भने वि।सं। २०२० देखि हो । तत्कालीन लालमटिया गाउँ पञ्चायतका प्रधानपञ्च शशिराम न्यौपाने र टीकाराम धितालले भालुबाङ बस्ती बसाउन सुरु गरेका थिए । अहिले ठूलै बजार बनिसकेको छ । सहरीकरणले छोप्दै गएको भए पनि यहाँका बासिन्दा भने कानुनी रूपमा अनधिकृत रूपमा बसिरहेका छन् । नयाँ पत्रिकामा समाचार छ ।