३ पुष २०८१, बुधबार
,
Latest
गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त :विश्व बैङ्क एसईईमा फेरि नयाँ नियम: नन ग्रेडेड विषयमा मात्रै परीक्षा दिए पुग्ने ६८ लाख नगद सहित हुण्डी कारोबारमा संलग्नहरू प्रहरी नियन्त्रणमा किन वैदेशिक रोजगार बचतपत्र बिक्री भएन ? कहाँ छ समस्या ? परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान किशोरीका लागि चार लाख ६० हजार खोप नेपाल आइपुग्यो स्मृतिमा नातिकाजी: गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको धुकधुकीको अनुभूति आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राख्न चेम्बरको आग्रह श्रमिकको स्वास्थ्य परीक्षण सुधारका लागि सरकारको सक्रियता विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा



अ+ अ-

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रीमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो । अर्कोतर्फ हारेपनी जनकपुरलाई फाइनल प्रवेश गर्ने अवसर भने बाँकी छ । उसले फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनर बिनोद भण्डारीले अर्धशतकीय इनिङ खेले । उनले ५८ रनको योगदान दिए । यस्तै सैफ जइबले ३२, ब्रेन्डन म्याकमुलेनले २५ तथा दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए ।

बलिङतर्फ जनकपुरका किशोर महतो र ललित राजवंशीले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

जनकपुरका लागि जेम्स निशमले सर्वाधिक ४५ रन बनाए । शुभ कंशाकारले २६ रन बनाउदा हर्ष ठाकर र लाहिरु मिलान्थाले समान १२ तथा कप्तान आसिफ शेखले १० रन जोडे ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैफ जइबले २, अभिनास बोहरा २ र स्कट कुगलाइनले एक विकेट लिए ।