२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवास्थित मेडिकल कलेजमा ४७ वर्षीय संक्रमित पुरुषको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

तिलोत्तमा । रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा एक संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको बुधबार राति १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए । उनलाई असोज १२ गते पीसीआर परीक्षणमा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।

सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको गुरुङले जानकारी दिए ।