३ पुष २०८१, बुधबार
,
Latest
किशोरीका लागि चार लाख ६० हजार खोप नेपाल आइपुग्यो स्मृतिमा नातिकाजी: गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको धुकधुकीको अनुभूति आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राख्न चेम्बरको आग्रह श्रमिकको स्वास्थ्य परीक्षण सुधारका लागि सरकारको सक्रियता विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह निजामति सेवा ऐन कसैको प्रभाव र दबाबमा नपरी पास हुनुपर्छः सांसदहरु मिडल अर्डरमा राम्रो गर्न सकेनौं–जनकपुरका कप्तान आसिफ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड



अ+ अ-

गण्डकी । सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुुभएको छ ।

यहाँ सम्पन्न १०औँ अन्तरव्यवस्थापिका सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले  संसद्को काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने बताउनुुभयो ।

सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढाउन  महत्वपूर्ण छलफल गरिएको जानकारी दिँदै सभामुख घिमिरेले सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताउनुभयो । सरकारसँग परामर्श गरी सङ्घ र प्रदेशसभासँग सम्बन्धित ऐन तथा नियम बनाउने जानकारी उहाँले दिनुभयो ।

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनकानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै उहाँले संसद्को आगामी अधिवेशनले ती कानुन पारित गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति  आवश्यक कानुुनी व्यवस्था गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताउनुुभयो ।

सम्मेलनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातै प्रदेशका सभामुख, उपसभामुख, सचिवलगायत  सहभागी हुनुहुन्थ्यो ।