३ पुष २०८१, बुधबार
,
Latest
तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया यी हुन् विश्वकै पाँच पुराना विश्वविद्यालय नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार–२०८० घोषणा इरानमा हिजाबसम्बन्धी कडा विधेयकमा सुधार गर्न सांसद्हरूद्वारा आग्रह उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइनः उर्जामन्त्री खड्का वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था श्रम मन्त्रालय मातहत राख्नुपर्छः मन्त्री भण्डारी उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैनः सभापति देउवा प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट सामाजिक अपराधजन्य घटनामा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाईनल प्रवेशको लागि जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले फाईनल प्रवेशको लागि सुदूरपश्चिम रोयल्सलाई १४० रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

जनकपुरको लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए । शुभ कंशाकारले २६ रन बनाउदा हर्ष थाकर र लाहिरु मिलान्थाले समान १२ तथा कप्तान आसिफ शेख १० रन जोडे ।

सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैव अलि जैवले २, अभिनास बोहरा २ र स्कट कुगेलेइनले एक विकेट लिएका छन् ।