२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२२ का लागि डीभीको आवेदन खुल्यो, यस्तो छ भर्ने सजिलो तरिका



अ+ अ-

काठमाडौं । सन् २०२२ का लागि डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला भएको छ । नेपाली समयअनुसार हिजो (बुधबार) राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला भएको थियो।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभीको फारम भर्ने अन्तिम मिति २०७७ कात्तिक २५ गते (नोभेम्बर १०) सम्म तोकिएको छ। डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने दूतावासले जनाएको छ । यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा हेर्न सकिने छ।

डीभीको फारम https://dvprogram.state.gov/ वेबसाइटमा गएर भर्न सकिने दूतावासले जानकारी दिएको छ।