२० माघ २०८१, आईतवार
,
Latest
सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायोः वरिष्ठ उपाध्यक्ष मल्होत्रा नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविको जग्गा तथा सम्पती छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन



अ+ अ-

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभूवन विश्वविद्यालयको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकबाट निर्णय गरी सरकारलाई त्रिभूवन विश्वविद्यालयको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो । समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले त्रिभूवन विश्वविद्यालयको प्रतिवेदन सार्वजनिक हुनुपर्ने र सार्वजनिक गर्नुपूर्व समितिले जानकारी पाउनुपर्ने बताउनु भयो । उहाँले प्रतिवेदनमा केही कमजोरीहरु भए समितिले अध्ययन गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि त्रिभूवन विश्वविद्यालयको सम्पतीलाई संरक्षण गर्ने हो भने त्रिभूवन विश्वविद्यालयलाई सरकारले लगानी गर्नु पर्दैन । बरु सरकारले केही माग्यो भने त्यहाँबाट दिनसक्ने अवस्था छ । उहिले अदालतले आदेश गर्छ, त्यो सम्पती आफ्नो हो भन्नेकुरै बनाउँदैन । यस्ता विषयमा सरकार एक्शनमा जानुपर्छ । राज्यको आम्दानीको श्रोत बनाउने र खर्च गर्ने विधि अवलम्वन गर्नुपर्छ । त्रिभूवन विश्वविद्यालयको प्रतिवेदन सार्वजनिक हुनुपर्छ । समितिबाट निर्देशन भएकाले सार्वजनिक पूर्व समितिले जानकारी पाउनुपर्छ । त्यसपछि केही अपुग छ भनेपनि समितिले के कुराको अपुग छ, अध्यन गर्छौं, त्यसपछि सार्वजनिक गर्न मन्त्रालय अघि बढोस् ।’

सभापति थापाले त्रिभूवन विश्वविद्यालयको सम्पतीलाई संरक्षण गर्ने हो भने त्रिभूवन विश्वविद्यालयलाई सरकारले लगानी गर्नु नपर्ने बताउनु भयो ।