३ पुष २०८१, बुधबार
,
Latest
राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री राष्ट्रपतिद्वारा राजदूत नियुक्त समानताका लागि नारीवादी परराष्ट्र नीति : परराष्ट्रमन्त्री डा राणा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो हङकङलाई २२६ रनले पराजित गर्दै एक खेलअगावै नेपालले जित्यो सिरिज नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं: सोमपाल कामी व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश दक्षिण कोरियाका राष्ट्रपति युन भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार फाईनल प्रवेशको लागि जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ सिरिजः नेपालले हङकङलाई दियो २९८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । काठमाडौंमा जारी एकदिवसीय यू–१९ सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङलाई २९८ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनायो। नेपालका लागि ओपनर सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे । कुँवरले १०९ बलमा ९ चौका र एक छक्का प्रहार गरे ।

यस्तै, सन्तोष यादव ६६ रनमा अविजित रहँदा कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलिले ४१ रन बनाए ।

बलिङमा हङकङका डेनियल म्यापले ३ विकेट लिए ।

सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको थियो।