३ पुष २०८१, बुधबार
,
Latest
विपन्नलाई न्याना कपडा वितरण महन्थ ठाकुरले गरे केन्द्रीय समिति विस्तार, आठ जना मनोनीत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा ४ उपसमिति गठन रोहितलाई पछि पार्दै रवि बोपाराले बनाए उच्च स्कोर प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज त्रिविको जग्गा तथा सम्पती छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ प्राविधिक समस्याका कारण उद्योगमा विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैनः कुलमान घिसिङ त्रिविको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छः मन्त्री भट्टराई टस जितेर सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्स
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविचन्द्रन आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



अ+ अ-

एजेन्सी । भारतका अफ स्पिनर रविचन्द्रन आश्विनले सन्यासको घोषणा गरेका छन् । ३८ वर्षको उमेरमा अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

उनले बोर्डर(गावस्कर ट्रफीको बीचमा सन्यासको घोषणा गरेर क्रिकेट जगतलाई चकित पारेका छन् । गाब्बा टेस्ट खेल बराबरी भएपछि अश्विनले पत्रकार सम्मेलनमा यसको आधिकारिक घोषणा गरेका हुन्।

‘आज मेरो अन्तर्राष्ट्रिय क्रिकेटरको रूपमा अन्तिम दिन हो। एक अन्तर्राष्ट्रिय क्रिकेटरको हैसियतमा म अब खेलसँग जोडिने छैन, तर कुनै न कुनै रूपमा खेलसँग आवद्ध रहनेछु’, आर अश्विनले भने ।

२८७ अन्तर्राष्ट्रिय खेल खेलेका अश्विन अब अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने भएका छन् । तर, उनले आइपिएल खेल्ने क्रम जारी राख्नेछ । सीएसकेले अश्विनलाई आईपीएल २०२५ मा ९.७५ करोडमा किनेको थियो ।अश्विन ७ वर्षपछि सीएसकेमा फर्किएका छन् । उनले सन् २००९ मा चेन्नई बाट खेल्दै आईपीएलमा डेब्यु गरेका थिए । अश्विनले आईपीएलमा राजस्थान रोयल्स, आरसीबी र लखनऊ सुपर जाइन्ट्सबाट खेलिसकेका छन्।