२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

रुपन्देही । रुपन्देहीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत यहाँका थप एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले जानकारी दिएका हुन् । 

उनी सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको गुरुडले बताए ।

यो सँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा  अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको अस्पताले जनाएको छ ।