२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्षा बाधक बन्दा भारत र अष्ट्रेलियाको तेस्रो टेस्ट बराबरीमा सकियो



अ+ अ-

एजेन्सी । बोर्डर- गावस्कर ट्रफीमा भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट वर्षाका कारण बराबरीमा सकिएको छ ।

ब्रिस्बेनको द गाबा मैदानमा बुधबार भएको खेलमा अस्ट्रेलियाले भारतलाई जितको लागि २७५ रनको लक्ष्य दिएको थियो । तर भारतले दोस्रो इनिङ्समा भारतले ८ रन बनाएर खेलिरहदा वर्षा बाधक बन्दा खेल रद्द हुन पुग्यो ।

शृङ्खलामा भारत र अष्ट्रेलिया १–१ को बराबरीमा छन्। भारतले पहिलो टेस्ट २९५ रनले जितेको थियो भने दोस्रो टेस्ट अष्ट्रेलियाले १० विकेटले जितेको थियो।

अष्ट्रेलियाले पहिलो इनिङ्समा सबै विकेट गुमाएर ४ सय ४५ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले पहिलो इनिङ्समा २ सय ६० रन बनाएको थियो । कंगारु टोलीले ८९र७ मा दोस्रो इनिङ्स घोषणा गरेको थियो । यस्तो अवस्थामा भारतलाई जितका लागि अन्तिम दिन २७५ रन जोड्नु परेको थियो । अर्कोतर्फ अष्ट्रेलियालाई यो खेल जित्न १० विकेटको आवश्यकता थियो । तर, खेलमा वर्षा बाधक बन्दा खेल ड्र गर्ने निर्णय भयो ।

अष्ट्रेलियाका लागि ट्राभिस हेड र स्टिभ स्मिथले पहिलो इनिङ्समा शतक बनाए । यी दुईबीच चौथो विकेटका लागि करिब २४० रनको साझेदारी भएको थियो । स्टिभ स्मिथले १९० बलमा १०१ रनको इनिङ खेले । जहाँ हेडले १६० बलमा १५२ रन बनाए । यस अवधिमा उनले १८ चौका प्रहार गरे । विकेटकिपर एलेक्स क्यारीले पनि ७० रनको महत्वपूर्ण इनिङ खेले । भारतका लागि जसप्रित बुमराहले ६ विकेट लिए । उनका अलावा मोहम्मद सिराजले २ तथा आकाशदीप र नितिश रेड्डीले १र१ विकेट लिए ।

भारतीय टोली पहिलो इनिङ्समा २६० रनमा अलपत्र परेको थियो । टोलीले खराब सुरुवात गरेको थियो र शीर्ष क्रममा केएल राहुलले मात्र राम्रो ब्याटिङ गरे। राहुलले १३९ बलमा ८४ रनको इनिङ खेले । उनका अलावा यशस्वी जैसवालले ४, शुभमन गिलले १, विराट कोहलीले ३, पन्तले ९ र रोहित शर्माले १० रन बनाए । तल्लो क्रममा रविन्द्र जडेजाले ७७ रनको इनिङ खेले । जसप्रित बुमराहको अविजित १० रन र आकाशदीपको ३१ रनका कारण तल्लो क्रममा फलोअनको खतरा टरेको थियो।

अष्ट्रेलियाले दोस्रो इनिङ ८९–७ मा घोषित गरेको थियो । यस क्रममा बुमराहले ३, सिराजले २ र आकाशदीपले २ विकेट लिए । जवाफमा वर्षाअघि भारतले कुनै विकेट नगुमाई ८ रन बनाएको थियो ।

अब भारत र अष्ट्रेलियाबीचको चौथो खेल मेलबर्नको एमसीजी मैदानमा २६ डिसेम्बरबाट हुनेछ ।