१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बर्षा बाधक बन्दा भारत र अष्ट्रेलियाको तेस्रो टेस्ट बराबरीमा सकियो

बर्षा बाधक बन्दा भारत र अष्ट्रेलियाको तेस्रो टेस्ट बराबरीमा सकियो
अ अ+ अ-

एजेन्सी । बोर्डर- गावस्कर ट्रफीमा भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट वर्षाका कारण बराबरीमा सकिएको छ ।

ब्रिस्बेनको द गाबा मैदानमा बुधबार भएको खेलमा अस्ट्रेलियाले भारतलाई जितको लागि २७५ रनको लक्ष्य दिएको थियो । तर भारतले दोस्रो इनिङ्समा भारतले ८ रन बनाएर खेलिरहदा वर्षा बाधक बन्दा खेल रद्द हुन पुग्यो ।

शृङ्खलामा भारत र अष्ट्रेलिया १–१ को बराबरीमा छन्। भारतले पहिलो टेस्ट २९५ रनले जितेको थियो भने दोस्रो टेस्ट अष्ट्रेलियाले १० विकेटले जितेको थियो।

अष्ट्रेलियाले पहिलो इनिङ्समा सबै विकेट गुमाएर ४ सय ४५ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले पहिलो इनिङ्समा २ सय ६० रन बनाएको थियो । कंगारु टोलीले ८९र७ मा दोस्रो इनिङ्स घोषणा गरेको थियो । यस्तो अवस्थामा भारतलाई जितका लागि अन्तिम दिन २७५ रन जोड्नु परेको थियो । अर्कोतर्फ अष्ट्रेलियालाई यो खेल जित्न १० विकेटको आवश्यकता थियो । तर, खेलमा वर्षा बाधक बन्दा खेल ड्र गर्ने निर्णय भयो ।

अष्ट्रेलियाका लागि ट्राभिस हेड र स्टिभ स्मिथले पहिलो इनिङ्समा शतक बनाए । यी दुईबीच चौथो विकेटका लागि करिब २४० रनको साझेदारी भएको थियो । स्टिभ स्मिथले १९० बलमा १०१ रनको इनिङ खेले । जहाँ हेडले १६० बलमा १५२ रन बनाए । यस अवधिमा उनले १८ चौका प्रहार गरे । विकेटकिपर एलेक्स क्यारीले पनि ७० रनको महत्वपूर्ण इनिङ खेले । भारतका लागि जसप्रित बुमराहले ६ विकेट लिए । उनका अलावा मोहम्मद सिराजले २ तथा आकाशदीप र नितिश रेड्डीले १र१ विकेट लिए ।

भारतीय टोली पहिलो इनिङ्समा २६० रनमा अलपत्र परेको थियो । टोलीले खराब सुरुवात गरेको थियो र शीर्ष क्रममा केएल राहुलले मात्र राम्रो ब्याटिङ गरे। राहुलले १३९ बलमा ८४ रनको इनिङ खेले । उनका अलावा यशस्वी जैसवालले ४, शुभमन गिलले १, विराट कोहलीले ३, पन्तले ९ र रोहित शर्माले १० रन बनाए । तल्लो क्रममा रविन्द्र जडेजाले ७७ रनको इनिङ खेले । जसप्रित बुमराहको अविजित १० रन र आकाशदीपको ३१ रनका कारण तल्लो क्रममा फलोअनको खतरा टरेको थियो।

अष्ट्रेलियाले दोस्रो इनिङ ८९–७ मा घोषित गरेको थियो । यस क्रममा बुमराहले ३, सिराजले २ र आकाशदीपले २ विकेट लिए । जवाफमा वर्षाअघि भारतले कुनै विकेट नगुमाई ८ रन बनाएको थियो ।

अब भारत र अष्ट्रेलियाबीचको चौथो खेल मेलबर्नको एमसीजी मैदानमा २६ डिसेम्बरबाट हुनेछ ।