३ पुष २०८१, बुधबार
,
Latest
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज त्रिविको जग्गा तथा सम्पती छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ प्राविधिक समस्याका कारण उद्योगमा विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैनः कुलमान घिसिङ त्रिविको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छः मन्त्री भट्टराई टस जितेर सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्स प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट यू–१९ सिरिजः नेपालले हङकङलाई दियो २९८ रनको लक्ष्य चितवनलाई हराउदै कर्णाली दोस्रो क्वालिफायरमा रविचन्द्रन आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा सडक दुर्घटनाका घटना घटे, मृत्यु हुनेको सङ्ख्या बढ्दो



अ+ अ-

सिरहा । यहाँ चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । यसमा चार सय ५७ जना घाइते भएकोे ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ । तर, मृत्युहुनेको सङ्ख्या बढेको छ । गत आवको प्रथम चौमासिकमा १५ जनाको ज्यान गएको थियो । ट्राफिक प्रहरीका अनुसार गत आवमा जिल्लामा नौ सय ९७ सवारी दुर्घटना भयो । यसमा ६८ जनाले ज्यान गुमाएका थिए । एक हजार पाचँ सय ७९ जना घाइते भएका थिए । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रमलाई तीव्रता दिए तापनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले बताउनुभयो ।

“दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको देखिन्छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ”, प्रहरी निरीक्षक थपलियाले भन्नुभयो । उहाँका अनुसार मापसे र लापसे गरी सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो मात्राका अव्यवस्थित सिटी रिक्सालगायत कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्यु हुने गरेको बताउनुभयो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्र सम्भव नहुने जनाउँदै प्रहरी निरीक्षक थपलियाले सरोकारवाला सम्पूर्ण निकायले सार्थक पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।