१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रका पाँच जना सहसचिवमा बढुवा हुने



अ+ अ-

काठमाडौं । परराष्ट्र सेवाका पाँच जना उपसचिवको बढुवा हुने भएको छ । उनीहरुको सहसचिव बढुवा हुने भएको हो ।

परराष्ट्र सेवाका उपसचिवहरू पुष्पराज भट्टराई, मणिरत्न शर्मा, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य र दुरपदा सापकोटा सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले परराष्ट्रका पाँच जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको जनाएको छ । परराष्ट्र सेवाको उपसचिव भट्टराई, शर्मा, क्षेत्री, शाक्य र सापकोटा जेष्ठता र कार्यसम्पादनको मूल्यांकनका आधारमा बढुवा हुन लागेका हुन् । त्यसका लागि प्रक्रिया अघि बनाइएको छ ।

भट्टराई अहिले दक्षिण कोरियाका लागि आवासीय राजदूतावास, सउलमा नियोग उपप्रमुख रहेका छन् । उनी कार्यवाहक राजदूतसमेत रहेका थिए । शर्मा परराष्ट्र मन्त्रालय तथा क्षेत्री पाकिस्तानको इस्लामावादस्थित नेपाली राजदूतावासमा कार्यरत छन् । त्यस्तै शाक्य बिमिस्टेकको सचिवालयमा कार्यरत छन् । सापकोटा दिल्लीस्थित नेपाली राजदूतावासमा काउन्सिलर पदमा कार्यरत छिन् ।