६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रका पाँच जना सहसचिवमा बढुवा हुने



अ+ अ-

काठमाडौं । परराष्ट्र सेवाका पाँच जना उपसचिवको बढुवा हुने भएको छ । उनीहरुको सहसचिव बढुवा हुने भएको हो ।

परराष्ट्र सेवाका उपसचिवहरू पुष्पराज भट्टराई, मणिरत्न शर्मा, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य र दुरपदा सापकोटा सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले परराष्ट्रका पाँच जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको जनाएको छ । परराष्ट्र सेवाको उपसचिव भट्टराई, शर्मा, क्षेत्री, शाक्य र सापकोटा जेष्ठता र कार्यसम्पादनको मूल्यांकनका आधारमा बढुवा हुन लागेका हुन् । त्यसका लागि प्रक्रिया अघि बनाइएको छ ।

भट्टराई अहिले दक्षिण कोरियाका लागि आवासीय राजदूतावास, सउलमा नियोग उपप्रमुख रहेका छन् । उनी कार्यवाहक राजदूतसमेत रहेका थिए । शर्मा परराष्ट्र मन्त्रालय तथा क्षेत्री पाकिस्तानको इस्लामावादस्थित नेपाली राजदूतावासमा कार्यरत छन् । त्यस्तै शाक्य बिमिस्टेकको सचिवालयमा कार्यरत छन् । सापकोटा दिल्लीस्थित नेपाली राजदूतावासमा काउन्सिलर पदमा कार्यरत छिन् ।