१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घटनाक्रमले नाटकीय मोड लिएपछि मन्त्रिमण्डल पुनर्गठन दशैँपछि सर्यो !



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने अन्तिम तयारी गर्नुभएको थियो । बिहीबार बिहानदेखि शुरु भएर अहिले पनि जारी रहेको अध्यक्ष प्रचण्डसँगको छलफल पछि अर्थमन्त्रीमा बिष्णु पौडेल, सञ्चारमा जनार्दशन शर्मा र सहरी बिकासमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्ने अन्तिम तयारी भएको बुझिएको थियो । 

तर बालुवाटार स्रोतले जनाएअनुसार छलफलकै क्रममा मन्त्रिमण्डल पुनर्गठनको काम तत्कालका लागि पछि सरेको छ । आज दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचको छलफल मन्त्रिमण्डलभन्दा पनि पार्टी एकतातर्फ मोडिएको बुझिएको छ । पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्नेगरी कुराकानी त्यतातर्फ मोडियो, मन्त्रिमण्डल पुनर्गठन अब तत्काललाई टर्यो, स्रोतले भन्यो ।     

पार्टी एकतालाई अहिले प्राथमिकता दिने भनिए पछि मन्त्रिमण्डल पुनर्गठनको काम दशैंपछि सम्मका लागि टरेको बालुवाटार समाचार स्रोतले जनायो । स्रोतका अनुसार प्रधानमन्त्री नै मन्त्रिमण्डलको पुनर्गठन एकै पटक गर्ने र दशैँपछि गर्ने भन्नेमा पुग्नुभएको थियो । 

तर आज बिहानदेखि भने केही समयदेखी रिक्त रहेका कारण प्रधानमन्त्री मातहत रहदै आएका तीन मन्त्रालयमा तीन मन्त्री नियुक्त गर्ने भन्ने भएको थियो । यसअघि आजै मन्त्रिमण्डल पुनर्गठन गर्न दुई अध्यक्षबीच बालुवाटारमा छलफल भए पनि नेताहरु टुंगोमा पुग्न नसकेपछि आज तीन मन्त्री मात्र थप गरिएको जनाइएको थियो ।

अर्थमन्त्री पौडेल बन्ने विषयमा प्रधानमन्त्री ओली र प्रचण्ड सहमत नै भए पनि अरु दुई जनाको बारेमा भने सहमति भएको थिएन । आज बालुवाटारमा दुवै जना अध्यक्षबीच छलफलपछि सञ्चारमन्त्रीमा पनि जनार्दन शर्माको नाम अनुमोदन भएको बताइएको थियो । त्यस्तै शहरी विकासमा प्रस्ताव गरिएका सुरेन्द्र पाण्डेको बारेमा भने अन्तिम टुंगो भइसकेको थिएन । 

दुई अध्यक्षबीचको औपचारिक छलफलमा पौडेल र शर्माका बारेमा सहमति भएको तर पाण्डेको बारेमा निर्णय भइ नसकेको स्रोतले बताएको थियो । तर अब मन्त्रिमण्डल पुनर्गठनको काम दशैँपछि मात्र हुने भएको हो ।