६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डले ह्यामिल्टन टेस्ट ४२३ रनले जित्यो, इंग्ल्यान्डमाथि रन अन्तरले सबैभन्दा ठूलो जित



अ+ अ-

एजेन्सी । ह्यामिल्टन टेस्टमा न्युजिल्यान्डले इंग्ल्याण्डलाई ४२३ रनले पराजित गरेको छ । इंग्ल्याण्डमाथि रन अन्तरले जितेको न्युजिल्यान्डको यो सबैभन्दा ठूलो जित हो ।

तेस्रो टेष्टमा ६५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २३४ रन मात्रै बनाउन सक्यो । यद्यपि, इंग्ल्याण्डले ३ खेलको टेष्ट सिरिज २–१ ले जितेको छ । टोलीले पहिलो खेल ८ विकेटले र दोस्रो खेल ३२३ रनले जितेको थियो ।

मंगलबार सेडन पार्कमा भएको खेलको चौथो दिनको खेलमा इंग्ल्याण्डले १८/२ को स्कोरबाट खेल सुरु गरेको थियो । ज्याकब बिथेलले ७६ रन र जो रुटले ५४ रनको पारी खेले । जबकि गुस एटकिन्सनले ४३ रनको योगदान दिए ।

न्युजिल्याण्डका मिचेल सान्टनरले पहिलो इनिङ्समा ७६ रन बनाएर ३ विकेट लिए । उनले दोस्रो इनिङ्समा ४९ रन बनाए र ४ विकेट लिए । यही प्रदर्शनका लागि उनले प्लेयर अफ द म्याचको अवार्ड पाए । इंग्ल्याण्डका अलराउन्डर ह्यारी ब्रुक प्लेयर अफ द सिरिज घोषित भए ।

यो रनको अन्तरले न्युजिल्याण्डको सबैभन्दा ठूलो जित हो । यसअघि सन् २०१८ मा क्राइस्टचर्चमा टनेलिले श्रीलंकालाई ४२३ रनले पराजित गरेको थियो । यो टोलीको इंग्ल्याण्डविरुद्धको सबैभन्दा ठूलो जित हो ।