१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर



अ+ अ-

 

काठमाडौँ । नेपालबाट राँगा,भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ ।

सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लिं र चीनको सांघाई जियान फुड प्रा.लि.बीच उक्त सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको बताउनु भयो ।

उहाँले नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने समेत बताउनु भयो । उहाँले नेपालमा राँगा,भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने बताउनु भयो । नयाँ—नयाँ पशुपालनमा प्रविधिको प्रयोग गर्दै युवाहरुलाई आकर्षित गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो सम्झौताले नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगाको रुपमा रहेको कुरा यहाँ राख्न चाहन्छौं । नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा,भैंसी पालनका लागि थप प्रोत्साहित गरेको छ । नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको छ । हामीले यो हावापानीमा उत्पादन गर्ने नेपाली मौलिक उत्पानको मात्रा धेरै नभएपनि यसको महत्व भने ठूलो छ । नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने धेरैको विश्वास रहेको छ । नेपालमा भैँसी पालनको सुनिश्चित गर्न आवश्यक छ । हामीले युवालाई पनि यस पेशामा जोडेर पुस्तान्तरण गर्न जरुरी छ । पशु पालनका सन्दर्भमा नयाँनयाँ प्रविधिको प्रयोग गर्दै युवाहरुलाई पशुपालनतिर आकर्षण गर्न सकिन्छ ।’

चीनमा मासु निर्यातको सम्भावना राम्रो रहेकाले स्वदेशमा रोजगारीको अवसर बढ्ने उहाँको विश्वास छ ।