६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा

शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा
कालो नुनीया धान
अ+ अ-

झापा : परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ ।

अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ ।

शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया लगायत परम्परागत धानको बीउ संरक्षण र खेतीका लागि अभियान सञ्चालन गर्दै आएको नगरउपप्रमुख नरमाया कार्कीले बताउनुभयो ।

उहाँले वडा नं १, ४, ७ र १० लाई कालो नुनिया धानको पकेट क्षेत्र घोषणा गरिएको जनाउँदै नुनियाको खेती गर्ने किसानलाई धानखेती गरेको जमिनको मात्राका आधारमा आर्थिक अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

“पुराना बालीमध्येको कालो नुनियालाई किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ”, उपप्रमुख कार्कीले भन्नुभयो, “नगरपालिकाले किसानलाई बीउ र अनुदान दिने गरेको छ ।” कालो नुनिया धानको भात मिठो हुने र प्रतिमन रु चार हजारका दरले बिक्री हुने जैविक विविधता संरक्षण समितिका अध्यक्ष डिल्ली पौडेल बताउनुहुन्छ । समितिले किसानलाई कालो नुनियाको खेती गर्न प्रोत्साहित गरिरहेको हुँदा यसको खेती बर्सेनि विस्तार हुँदै गएको दाबी गर्नुभयो ।

पछिल्लो समय कालो नुनिया धानको माग अत्यधिक बढेको हुँदा किसानले पनि खेतीमा चासो बढाएको उहाँको भनाइ छ । समितिले यसपालि किसानलाई सात टन कालो नुनियाको बीउ बिक्री गरेको जनाएको छ । परम्परागत बाली संरक्षणका लागि शिवसताक्षीमा २०६५ सालमा समितिको स्थापना भएको थियो । त्यसको एक वर्षपछि शिवसताक्षी वडा नं ७ मा परम्परागत बालीको बीउ बैंक स्थापना गरिएको थियो । बीउ संरक्षणका लागि शिवसताक्षी नगरपालिकाले ५० प्रतिशत लागत व्यहोर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले कालो नुनिया धानमा प्रतिपाँच कठ्ठा रु पाँच सय अनुदान दिँदै आएको छ । विगत दुई वर्षमा अनुदानका लागि नौ सय कठ्ठाको निवेदन परेको शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले बताउनुभयो । नगरभित्र छ सय बिघा क्षेत्रफलमा कालो नुनिया धान लगाइएको कृषि शाखा प्रमुख भट्टराईले दाबी गर्नुभएको छ ।

समितिले शिवसताक्षीमा स्थापना गरेको बीउ बैंकमार्फत एक सय २० प्रजातिका परम्परागत धानको संरक्षण गरेको जनाएको छ । शिवसताक्षी–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा बीउका लागि एक सय सात प्रजातिका धान यसपालि फलाइएको समितिका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले परम्परागत धानको बीउ देशभरबाट सङ्कलन गरेर एउटै खेतमा रोपेर फलाइएको जानकारी दिनुभयो ।

“जुम्लामा फल्ने मार्सीदेखि पहाडको इलाममा पाइने दूधराज प्रजातिको धान हामीले फलाएका छौँ”, उहाँले भन्नुभयो, “पुराना धान र तरकारी बालीको बीउ नमासिउन् भनेर संरक्षणका लागि हामीले प्रयास गरिरहेका हौँ ।”

नुनियाजस्तै बासनादार धानका रूपमा चिनिएको बासमतीका रातो, पहेँलो, कालो र टुँडे प्रजातिका धान यहाँ फलाइएको छ । त्यहाँ फलेका धानमा कतारखेरा, कालो टुँडे बासमती, जङ्गली मन्सुली, रुद्राक्ष, जुङ्गे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफूल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रासधान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुत्ते, जर्नेली र घिउपुरी रहेका छन् ।

त्यसैगरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया–१, कालो नुनिया–१०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन–३, बङ्गलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघजुङ्गे धान फलाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेले नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र परम्परागत धान संरक्षणमा सहयोग गरिरहेको बताउनुभयो ।

कञ्चन जैविक विविधता संरक्षण समितिले धान मात्र नभई हिउँदे बालीको पनि बीउ उत्पादन गरी संरक्षण गर्दै आएको छ । जसमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कार्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुङ्गे र एक जातिको पोथ्रे सिमी रहेको छ । (रासस)