५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् रामविलास पासवान, ७४ वर्षको उमेरमा निधन



अ+ अ-

नयाँदिल्लीः भारतीय केन्द्रीय मन्त्री एवं दलित नेता राम विलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । मुटुको शल्यक्रिया गराएका पासवान दिल्लीमै उपचारका क्रममा थिए ।

भारतीय राजनीतिमा चर्चित व्यक्तित्व पासवान लामो समयदेखि बिरामी रहेको भारतीय संचार माध्यमहरूले बताएका छन् ।

आठ पटक लोकसभा सदस्य रहेका पासवान पछिल्लो समय राज्य सभामा सदस्य थिए । उनी पटकपटक मन्त्री समेत बनेका अनुभवी नेता थिए ।

उनी काँग्रेस नेतृत्वको युपिए र भाजपा नेतृत्वको एनडिए दुबैमा रहेर मन्त्री बन्न सफल भएका थिए । उनका छोरा चिराग पासवान पनि भारतीय राजनीतिमा सकृय छन् ।