२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् रामविलास पासवान, ७४ वर्षको उमेरमा निधन



अ+ अ-

नयाँदिल्लीः भारतीय केन्द्रीय मन्त्री एवं दलित नेता राम विलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । मुटुको शल्यक्रिया गराएका पासवान दिल्लीमै उपचारका क्रममा थिए ।

भारतीय राजनीतिमा चर्चित व्यक्तित्व पासवान लामो समयदेखि बिरामी रहेको भारतीय संचार माध्यमहरूले बताएका छन् ।

आठ पटक लोकसभा सदस्य रहेका पासवान पछिल्लो समय राज्य सभामा सदस्य थिए । उनी पटकपटक मन्त्री समेत बनेका अनुभवी नेता थिए ।

उनी काँग्रेस नेतृत्वको युपिए र भाजपा नेतृत्वको एनडिए दुबैमा रहेर मन्त्री बन्न सफल भएका थिए । उनका छोरा चिराग पासवान पनि भारतीय राजनीतिमा सकृय छन् ।