२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख रानाको आग्रहः नागरिकमा नकारात्मक प्रभाव पर्नेगरी समाचार संप्रेषण नगरौं



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले राज्य सञ्चालनको लागि पत्रकारिताको महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै कसैले पनि राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुने बताउनु भयो । उहाँले संसदको गरिमा बढाउन संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नभयो, ‘तपाईहरुले कस्तो सूचना दिँदा चाँही जनतालाई फरक पर्दैन त्यो कुरा याद गर्नुपर्दछ । हामीले यो राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्नेगरि समाचारहरु संप्रेषण गर्नुपर्ने हुन्छ । राज्य संचालनका लागि पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको छ । अहिले त डिजिटल प्रविधि पाँचौँ अंग पनि आईसक्यो । पत्रकाहरुले राजनीतिक प्रभावमा परेर काइते तरिकाले लेखेको पनि देखिन्छ । त्यसैले यसरी नलेख्न आग्रह गर्दछौं । संसदको गरिमा बढाउनका लागि संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहन्छ ।’

उहाँले वर्तमान व्यवस्था बचाउँदै मुलुकमा समृद्धि ल्याउनका लागि सबैले एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।