३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमेयर सिंहको पार्थिव शरीरमा मेयर बालेन र उपमेयर डंगोलबाट श्रद्धाञ्जली अर्पण



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका पूर्व प्रमुख पिएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

आज विहान चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उहाँहरुले पूर्व प्रमुखको पार्थिव शरीरलाई विदाइ र शोक सन्तप्त परिजनमा समवेदना प्रकट गर्नुभयो । उहाँहरुसँगै प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु र कर्मचारीहरुले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

पूर्व प्रमुख सिंहको ८८ वर्षको उमेरमा आज विहान निधन भएको हो । सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाका प्रमुखका रुपमा निर्वाचित हुनुभएको थियो ।

सिंहले राजनीतिक र सामाजिक जीवनबाट रुपान्तरणका लागि गर्नुभएको योगदानको सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले आज शोक विदा दिएको छ ।