१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज भएनः ज्ञानेन्द्र मल्ल



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज नभएकाले प्लेअफमा पुग्ने विश्वास टोलीमा रहेको बताएका छन् ।

सुदूरपश्चिमको जित १२.२ ओभरभित्र रोकेपछि कर्णालीका प्रशिक्षक मल्लले न्युन लक्ष्य भएपनि पिच सहज नभएकाले रोक्नसक्छौं भन्ने लागेको बताएका हुन् । तर पनि उत्कृष्ट क्रिकेट खेल्नुपर्छ भन्ने माइन्ड सेट गरेर खेलेको उनको भनाइ छ । उनले पावर प्लेमा राम्रो बलिङ गरेपछि जितको सम्भावना पनि बढे पनि सफल नभएको बताए ।

१४० रनको लक्ष्य बनाउन सकेको भए पहिलो क्वालिफायरमा पुग्ने सम्भावा पनि रहेको उनको भनाइ छ । तर विकेट सहज नभएकाले सफल नभएको उनले बताए । देव खनालले स्पिनरसँग राम्रो खेल्नसक्ने भनेर उनलाई चौथो नम्बरमा ब्याटिङ गर्न पठाएको प्रशिक्षक मल्ल बताउँछन् । बलरले राम्रो गर्दा यहाँसम्म आइपुगे पनि अब ब्याटरबाट धेरै आशा गरेको उनले उल्लेख गरेका छन् ।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्य समीकरण भन्दा पनि आफ्नो जित ध्यानमा राखेर खेलेको बताए । आफ्नो जितले अन्य टोली यहाँ पुग्छ भन्ने कुरा नसोची आफ्नो जितलाई ध्यानमा राखेर खेलेको उनको भनाइ छ । उनले टोली बलियो रहेकाले शुरुदेखि राम्रो खेलेर उपाधि जित्छौं भन्ने विश्वास रहेको पनि बताए ।

आगामी खेलमा यही लय जारी राखे लक्ष्य सम्भव हुने उनी बताउँछन् । उनले योजना बनाएर जनकपुरसँग पनि राम्रो खेल्ने लक्ष्य रहेको बताएका छन् । अहिलेसम्म दिएको साथ फाइनलसम्म पनि दिन उनले समर्थकलाई आह्वान गरेका छन् ।




भर्खरै