१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रत्नराज्य बज्राचार्य इन्भेष्टमेन्ट कम्पनीको सिइओ



अ+ अ-

काठमाडौं । ग्लोबल आईएमई बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएका छन् ।

बज्राचार्यलाई इन्भेष्टमेन्ट कम्पनीको संचालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा खुलेको नेपाल इन्भेष्टमेन्ट कम्पनीमा रु. १० अर्बको पूँजी परिचालन गर्ने लक्ष राखेको छ ।

ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले स्थापना भएको यस कम्पनीमा देशका सम्पूर्ण उद्योगी व्यवसायीले लगानी गर्न पाउनेगरी महासंघका अध्यक्ष ढकालको नेतृत्वमा उक्त कम्पनीमा हाल रु १ अर्ब भन्दा बढी लगानी जुटिसकेको छ । हाल कम्पनीको मुख्य कार्यालय लैनचौरमा रहेको छ ।

विशेषगरी नेपालमा पर्यटन, कृषि, जलविद्युत तथा पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्य अनुरुप उक्त कम्पनी खडा गरिएको हो । सोही अनुरुप कम्पनीमा नेपालका सम्पूर्ण निजी क्षेत्रको प्रनिधित्व हुने गरी संचालक समिति समेत चयन गरिएको छ ।

महासंघ अध्यक्ष ढकालले नेपालमा पूर्वाधारमा लगानी जुटाउने उद्देश्यसहित महासंघको ढोरपाटनमा भएको कार्यसमिति बैठकबाट रु. १० अर्बको इन्भेष्टमेन्ट कम्पनी खोल्ने उद्घोष गरेका थिए ।

उक्त कम्पनीमा नेपालका सम्पूर्ण निजी क्षेत्रलाई प्रतिनिधित्व गराउन संचालकमा नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटा र आध्यन्ताका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेललाई चयन गरिएको छ ।

कुल रु. १० अर्ब पुँजीको लगानीमा स्थापित उक्त कम्पनीले सर्वसाधारणमा सेयरसमेत जारी गर्नेछ । धेरै लगानीकर्तालाई समेटेर राष्ट्र निर्माणमा सबैको अपनत्व हुनेगरी पुँजी जुटाइने र सोहीअनुरुप देशले पूर्वाधार विकासमा गति लिने कम्पनीको योजना छ ।