६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो

मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
अ+ अ-

म्याग्दी । मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ । चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ । सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि भनेको मूल्य र बजार दुवै पाएको घरपझोङ गाउँपालिका–२ मार्फाका कृषक वुद्धिमान लालचनले बताउनुभयो ।

“असोजमा टिपेर चिस्यानगृहमा राखेको स्याउ जेठसम्म केही भएन”, उहाँले भन्नुभयो, “याममा प्रतिकिलो रु एक सय ५० सम्म पर्ने स्याउ बेसिजनमा प्रतिकिलो रु दुई सय ५० सम्म बिक्री भयो”, लालचनले १० मेट्रिक टन क्षमताको चिस्यानगृहमा स्याउ भण्डारण गर्नुभएको छ ।

चिस्यानगृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा पनि गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका कृषक विश्व लालचनले बताउनुभयो । “चिस्यानगृह नहुँदा घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “त्यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो”, बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए ।

मुस्ताङमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहहरुले करिब तीन सय मेट्रिक टन क्षमताको दशवटा चिस्यानगृह निर्माण गरेका छन् । सबै चिस्यानगृहमा बेमौसममा बेच्नका लागि स्याउ राखिएको छ ।

वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका हुन् । मुस्ताङमा प्रभावकारी भएकाले कोल्ड स्टोरको माग बढी रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनका प्रमुख भरतराज गौतमले बताउनुभयो ।

मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे, छुक्साङ, चैले आदि गाउँमा स्याउको राम्रो खेती गरिन्छ । यहाँका घरपझोङ र वारागुङमुक्ति स्याउका पकेट क्षेत्र हुन् ।

रु ८२ करोड बराबरको स्याउ मुस्ताङबाट पोखरा, काठमाडौँलगायत बाहिरी जिल्लामा निकासी गरे भने बाँकी रु १० करोड मूल्य बराबरको स्याउ मुस्ताङ भ्रमणमा आएका पर्यटकले किनेर लगेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

वरिष्ठ कृषि प्रसार अधिकृत राजेश गुरुङले यस वर्ष छ सय हेक्टर उत्पादनशील क्षेत्रमा लगाइएका स्याउका बोटमा सात हजार तीन सय २९ मेट्रिक टन स्याउ उत्पादन भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशत स्याउ उत्पादन वृद्धि भएको छ । उच्च घनत्वको स्याउको बारीमै प्रतिकेजी रु दुई सय र अन्य स्याउ बारीमा प्रतिकेजी रु एक सय ६० मा बिक्री भएको हो ।

छिटो पाक्ने उच्च घनत्वमा आधारित ९हाइडेन्सिटी रहेको हाइब्रिड० जातको स्याउ खेती विस्तार भएको, रोगव्याधि व्यवस्थापन भएको र अनुकूल मौसमका कारण यस वर्ष स्याउ उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्र्रमुख गुरुङले बताउनुुभयो । रासस