४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनको पोस्टमा क्रिस्टल प्यालेसको तीन गोल



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई पराजित गरेको छ ।

लिगको अंक तालिकामा नवौं नम्बरमा रहेको ब्राइटनलाई पन्ध्रौं स्थानमा रहेको प्यालेसले ३–१ गोलले ब्राइटनलाई स्तब्ध बनाएको हो ।

प्यालेसका तर्फबाट इस्माइला सारले ३३ र ८२ मिनेटमा गरी २ गोल गरेका थिए भने ट्रेभो चलोभाले २७औं मिनेटमा एक गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्राइटनले निकै आक्रमण गरे पनि प्यालेसका गोलकिपरले सुन्दर बचाउ गरेका थिए । यद्यपि ब्राइटनका लागि एक मात्र गोल खेलको अन्त्यतिर ८७औं मिनेटमा मार्क गुहीले गरेका थिए ।