१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोक्का राखिएका जग्गा फुकुवा गराउँदै टिकापुर नगर बिकास समिति



अ+ अ-

टिकापुर । कैलालीको टीकापुर नगर बिकास समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जग्गा फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको छ । 

आयोगले रोक्का राखेको १६२ कित्ता जग्गा फुकुवाका लागि अध्यन तथा छानबिन उपसमिति गठन गरेर फुकुवाको प्रक्रिया अगाडि बढाइएको हो । 
टीकापुर नगरपालिकाका  प्रमुख तथा टीकापुर नगर बिकास समिति अध्यक्ष तपेन्द्रबहादुर रावलको अध्यक्षतामा गत असार १ गते बसेको बोर्ड बैठकले रोक्का जग्गा फुकुवाको प्रक्रिया अगाडि बढाउन बोर्ड सदस्य मोहनसिंह बिकको संयोजकत्वमामा चार सदस्यीय उपसमिति गठन गरेको थियो । 

उपसमितिले रोक्का भएको ती जग्गाको अध्यन तथा छानबिन गरेर  प्रतिबेदन बोर्ड समितिलाई उपलब्ध गराउन एक महिनाको समय पाएकामा कोरोनाका कारण भएको बन्दाबन्दीले छानबिनको काम पूरा हुन नसक्दा साउन ११ गते बसेको बोर्ड बैठकले पुनः एक महिना समय थप गर्दै भाद्र मसान्तसम्म प्रतिबेदन बुझाउन भनेको थियो ।

संयोजक बिकले उपसमितिले प्रतिबेदन तयार पारिसकेको तर बोर्ड बैठक बस्न नसकेकोले प्रतिबेदन हस्तान्तरण गर्न नसकेको बताउनुभयो  । उहाँका अनुसार सो प्रतिबेदनलाई बोर्ड बैठकले  अध्यन गरेर  संघीय मन्त्रालयमार्फत रोक्का जग्गा फुकुवाको लागि आयोग समक्ष  आग्रह गरिने  छ । “रोक्का भएको जग्गाको सम्बन्धित जग्गा धनीसँग हामीले  निवेदन मागेका थियौ तर सबै जग्गाको निवेदन भने आएको छैन ।” संयोजक बिकले भन्नुभयो । 

उपसमिति सदस्य एवं बिकास समितिका प्राबिधिक नेत्र रावलले भन्नुभयो, “सबै जग्गाको निवेदन आएको भए छानबिन गर्न सजिलो हुने थियो । निवेदन पनि निकै कम आयो ।” मालपोत कार्यालयका प्रमुख एबं उपसमिति सदस्य दलबहादुर चन्दले रोक्का भएको जग्गा फुकुवाका लागि आफूहरुले केही गर्न नसक्ने  भएकाले कानूनसम्मत रहेर  सल्लाह दिने काम भने गरिएको बताउनुभयो ।

वि.सं २०६६ देखि २०६८ सालसम्म टीकापुर बिकास समितिको अध्यक्ष रहनुभएका नेत्रप्रसाद जैसीको नेतृत्वमा बिक्री भएका १६२ कित्ता जग्गा बिक्री गर्दा अनियमितता भएको भन्दै आयोगले सबै कित्ता रोक्का गराएको थियो । जग्गा खरिद गरेका जग्गाधनीले अख्तियारमा परेको उजुरीका आधारमा जग्गा रोक्का हुदा कारोबार गर्न समस्या भएको बताएका छन् ।