१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार



फाईल फोटो
अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका–२ किउलकी सोनिया जोगीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो । 

सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपछि बिहान काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्चेन शेर्पाले जानकारी दिनुभयो ।

मेलम्चीमै सुत्केरी भए पनि आमा र शिशु दुवै जनाको स्वास्थ्य ठीक नभएपछि काठमाडौँ पठाइएको शेर्पाले बताउनुभयो । यसअघि पनि गाउँपालिकाले जटिल परिस्थितिमा सुत्केरीको उद्धार गर्दै आएको छ ।