२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला शर्माको अग्रता ९४० बढी, रमेश विष्ट हारको नजिक



अ+ अ-

नेपाल पत्रकार महासंघको निर्वाचनमा सभापतिका प्रत्याशी निर्मला शर्माले तीन हजार ६१० मत सहित अग्रता बनाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी रमेश विष्टले दुई हजार ६७० मत पाएका छन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार निर्मला शर्माले ९४० मतको अग्रता लिएकी छिन् ।

प्रेस चौतारी र प्रेस युनियनका तर्फबाट साझा उम्मेदवार बनेकी निर्मला शर्मा महासंघको सभापति बन्ने लगभग पक्का भएको छ । हालसम्म उपत्यका, कोसी, गण्डकी, लुम्बिनी, बाग्मती, प्रतिष्ठान, एसोसिएट, सुदूरपश्चिम (बाजुरा, बझाङ बाहेक) को गणना भइसकेको निर्वाचन समिति स्राेतले बताएको छ ।

अहिले कर्णाली र मधेशको मतगणना भइरहेको बताइएको छ । यद्यपि निर्वाचनको पूर्ण नतिजा आइसक्न दुई तीन दिन लाग्ने छ ।  महासंघका पूर्व वरिष्ट उपाध्यक्ष रमेश विष्टलाई नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संस्था प्रेस सेन्टरले समर्थन गरेको छ ।