२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनाउ पुल नजिक बलेरो जिप दुर्घटना, दम्पतीसहित तीन जनाको मृत्यु



symbolic picture
अ+ अ-

बुटबल/ पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गौरीलाई एक्कासि दम बढेपछि उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उहाँले बताउनुभयो । उक्त जिप बुटवल–१३ स्थित अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।




भर्खरै