२६ पुष २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासंघको चुनाव, निर्मला शर्माको प्यानल धेरै स्थानमा विजयी



अ+ अ-

नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनमा प्रेस युनियन र प्रेस चाैतारीको संयुक्त प्यानलले धेरै जिल्लामा विजय हासिल गर्नुका साथै अध्यक्षमा निर्मला शर्माको अग्रता कायम भएको देखिएको छ । प्राप्त विवरण अनुसार, निर्मला शर्माको पक्षमा ६५ प्रतिशतभन्दा बढी मत प्राप्त भएको छ भने प्रेस संगठनको समर्थनमा उम्मेदवार बनेका रमेश विष्टको हार लगभग पक्का भएको छ ।

चुनावी परिणामहरू

पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य

नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित हुनु भएको छ ।

नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुल्ला दुर्गामणि पौडेल,समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिष विष्ट निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी सदस्यमा सुरेन शाक्य,खेवाहाङ मेवाहाङ,दुर्गा बहादुर कटुवाल र जनक चापागाईँ निर्वाचित हुनु भएको छ । प्रदेश परिषद् सदस्यमा गंगा विष्ट,समिक्षा मगर,माधव सुवेदी र ध्यान बहादुर राई निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहनकुमार राई निर्विरोध निर्वाचित हुनु भएको छ ।
–––

पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा तिमिल्सिना
नेपाल पत्रकार महासङ्घ पाल्पा जिल्ला शाखाको अध्यक्ष पदमा कमलराज तिमिल्सिना निर्वाचित हुनुभएको छ ।

नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको हो । कार्यसमितिको अन्य पदमा निर्विरोध भएको छ । निर्वाचनमा सचिवमा रामचन्द्र रायमाझी र दलित सदस्यमा हरिबहादुर विक निर्वाचिन हुनुभएको छ ।उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने (खुल्ला), बन्दना पोखरेल (समावेशी), कोषाध्यक्षमा विजय बौडेल, सहसचिवमा दुर्गेश मल्ल (खुल्ला), दानबहादुर हिस्की (समावेशी), सदस्यहरुमा सुनिल कार्की, दयाराज न्यौपाने, नेत्र गैरे, दिपक ढुंगाना, सुशीला रेग्मी, धनबहादुर ठाडा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै केन्द्रिय परिषद सदस्यमा यज्ञमुर्ति तिमिल्सिना, सीतादेवी डोटेल र राजेन्द्र लिगल, प्रदेश परिषद सदस्यमा कृष्णप्रसाद पोखरेल, दिपक भट्टराई, पवित्रा घिमिरे र इमानसिंह राना निर्विरोध निर्वाचित हुनुभएको छ ।
–––
रसुवा शाखाको अध्यक्षमा पौडेल

नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन हुुनुभएको छ ।
नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने तथा केन्द्रीय परिषद्द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन हुनुभएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिनुभयो ।

तेत्तीस मतदाता रहेकामा ३१ मत मात्र खसेको थियो ।
–––
सिन्धुपाल्चोक शाखाको अध्यक्षमा दङ्गाल
चौतारा, नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको अध्यक्ष पदमा ध्रुव दङ्गाल निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कमला पाख्रिन र दीपक अर्याल, सचिवमा टिका सुवेदी, सहसचिव (खुला) देवराज सुवेदी, सहसचिव सञ्जय तामाङ र कोषाध्यक्षमा दीपक खत्री निर्वाचित हुनुभएको निर्वाचन संयोजक अमित घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी सदस्यहरुमा किरण थापा, प्रितमकुमार तामाङ, विपना तामाङ, निर्मल बस्नेत, सागर खड्का, प्रमिला विक, दिपिन ढुङ्गाना, अर्जुन शर्मा र चण्डिका नेपाली निर्वाचित हुनुभएका छन् ।

महासङ्घको केन्द्रीय पार्षद् सदस्यमा ज्ञानेन्द्र तिमल्सिना, रामकृष्ण थापा र चित्रकुमार मिजार निर्वाचित हुनुभएका छन् । प्रदेश परिषद् सदस्यमा हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक पुरी, रुपक कोइराला, कला अनुरागी, रमेश पराजुली र हरिप्रसाद दुलाल निर्विरोध भएका छन् भने अन्य समावेशी सदस्यमा एकल उम्मेदवारी परेपछि राजेन्द्र राणामगर, महिला सदस्य गोमा खत्री, जनजातितर्फबाट फूलमान तामाङ मोक्तान निर्विरोध भएका हुन् ।
त्यसैगरी प्रदेश परिषद् सदस्यमा रुपक पुरी, कला अनुरागी, रमेश पराजुली, हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक कोइराला र हरिप्रसाद दुलाल निर्विरोध निर्वाचित हुनुभएको छ । एक सय तीन मतदाता रहेकामा निर्वाचनमा ९८ मत खसेको थियो ।
–––
पर्सा शाखाको अध्यक्षमा खनाल
वीरगञ्ज (पर्सा), नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी हुनुभएको छ । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा नयाँ कार्यसमितिको उपाध्यक्षमा भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालले जानकारी दिनुभयो । सचिव पदमा विजय चौहान, सहसचिव समावेशी पदमा एसके चौरसिया, सहसचिव खुला पदमा अजयकुमार चौरसिया विजयी हुुनुभएको छ ।

कोषाध्यक्ष पदमा सञ्जीवकुमार मिश्र निर्वाचित हुनुभएको छ । त्यस्तै महिला सदस्य पदमा कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजितकुमार भुजेल र मधेसी सदस्यमा आरोहण साह निर्वाचित हुनुभएको छ । अन्य समावेशी सदस्यमा प्रकाशकुमार तिवारी पनि विजयी हुुनभएको छ । खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा निर्वाचित हुनुहुन्छ ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु निर्वाचित हुनुभएको छ । पर्सा शाखामा एक सय ६७ मतदाता भए पनि एक सय ६१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
–––
जुम्लाको अध्यक्षमा चौलागाई
जुम्ला, नेपाल पत्रकार महासङ्घको जुम्ला शाखाको अध्यक्ष पदमा पूर्णप्रसाद चौलागाई निर्वाचित हुुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरिता पराजुली यसअघिनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले बताउनुभयो

उहाँका अनुसार निर्वाचनमा ५४ मतमध्ये ५३ मत खसेको थियो । त्यस्तै सदस्यमा मोहन शाही, टेक हमाल , सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
–––
भक्तपुरमा शिल्पकार
भक्तपुर,नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला नवीना खर्बुजा श्रेष्ठ, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, समावेशी सहसचिवमा सहसचिव हरिसुन्दर छुँका, कोषाध्यक्षमा रामगोपाल तमखू निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्य सिर्जना खतिवडा, मनोजकुमार फुँयाल, मणिराम लामिछाने, नारायण थापा, सुदर्शन आचार्य, रामसुन्दर खाइजु, राजकुमार लामिछाने, पुष्पाकुमारी साउद, केशवप्रसाद तिमिल्सिना, सदस्य दलितमा अंजिरसिंह विक, सदस्य आदिवासी जनजाति निशा कुस्मा र रेणु त्वानाबासु, निर्वाचित हुनुभएको छ ।

केन्द्रीय परिषद् सदस्यमा रमेश गिरी, पेशल आचार्य, पूर्ण दुवाल र जीवन ढुङ्गाना विजय हुुनुभएको निर्वाचन अधिकृत बालमुकुन्द सुवावलले जानकारी दिनुभयो ।
–––
सप्तरीमा प्रेस युनियनका देव
राजविराज (सप्तरी), नेपाल पत्रकार महासङ्घ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित हुनुभएको छ ।

प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी (प्रेस सङ्गठन)को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी प्रेस सङ्गठन र प्रेस मञ्चका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गर्नुभएको छ ।

यहाँ उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी हुनुभएको छ । महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल, सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता विजयी भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिनुभयो ।

महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । मधेशी सदस्यतर्फ राससकर्मी अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएका छन् ।

यहाँ ८५ मतदाता रहेकामा ८४ जनाले मतदान गर्नुभएको थियो ।


ललितपुरको अध्यक्षमा कार्की निर्वाचित
काठमाडौँ, नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित हुनुभएको छ ।

कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिनुभयो ।

यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित हुनुभएको छ । सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित हुनुभएको छ ।

झापामा एकराज गिरि
बनियानी (झापा), नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गिरि एक सय ३१ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिनुभयो । अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाउनुभयो । सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भइसक्नुभएको थियो । महासङ्घको समावेशी सहसचिवमा तिलक योञ्जन एक सय ११ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गर्नुभयो ।

महासङ्घको २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा एक सय १२, सन्तोष शर्मा एक सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई एक सय १०, खुला सदस्यमा अस्मिता साँखी एक सय ४८, इशा प्रधान एक सय ३५, स्वस्तिका आचार्य एक सय ३३, विनोद पाण्डे एक सय ३३, सुदीप अधिकारी एक सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी एक सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित भएका छन् ।

पत्रकार महासंघ झापा शाखामा दुई सय २० सदस्य रहेकामा दुई सय पाँच जनाले मतदान गरेका थिए । २० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।

महोत्तरी शाखामा महेश दास
महोत्तरी, नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित हुनुभएको छ । दासले ३२ मत र उहाँका प्रतिस्पर्धी सन्तोष सिंहले २९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, उपाध्यक्षमा अरविन्दकुमार झा, महिला उपाध्यक्षमा आशाकुमारी तोलाङ्गी, सचिवमा रामनारायण महतो, सहसचिवमा दीपककुमार पाण्डे, सहसचिव समावेशीमा शर्मिला घिमिरे, कोषाध्यक्षमा राजीवकुमार राय कुर्मी, निर्वाचित हुनुभएको छ । महासङ्घको समावेशी तर्फ सदस्यमा ममता विश्वकर्मा, रजनी कुमारी, निरञ्जन साह, विष्णु गुप्ता र खुला सदस्यमा उषा आचार्य, जीवनराज दाहाल, टेकप्रसाद पोखरेल, निरुताकुमारी चौधरी, विनयकुमार यादव, रञ्जित कापर, रामबाबु यादव र सरस्वती लामा निर्वाचित हुनुभएको छ ।

–––
धनुषाको अध्यक्षमा पुरन साह
धनुषा, नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित हुनुभएको छ । साहले ८२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी हुनुभएको छभने उहाँका प्रतिस्पर्धी सञ्जीवकुमार झाले ४० मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी बरुणा कर्णले ४७ मत प्राप्त गर्नुभयो ।

सचिवमा बटुकनाथ झा ५६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सुभाष कर्ण र विकास साहले ३८–३८ मत प्राप्त गर्नुभयो । सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रमोदकुमार साहले ६४ मत पाउनुभयो । सहसचिव समावेशीअन्तर्गत दीपेश मल्लिक ७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी भोला यादवले ३९ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा गोविन्द महतो ६८ मतसहित विजयी हुुनुभयो । उहाँका प्रतिस्पर्धी रामकमल महतोले ५९ मत पाउनुभयो । दलित सदस्यमा दिलीप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातिमा लक्ष्मी चौधरी, खुल्ला सदस्यमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुर, सुमित मिश्र, जीवनारायण झा, सपना कर्ण , समावेशी–मुस्लिम, अपाङ्गता सदस्य मो इन्तखाम आलम विजयी भएका छन् ।

प्रदेश परिषद् सदस्यमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित हुनुभएको छभने खुला अजयकुमार झा र मधेशीतर्फ श्रीनारायण साह निर्वाचित हुनुभएको छ ।

सोलुखुम्बुको अध्यक्षमा सुवास दर्नाल विजयी
सोलुखुुम्बु,  नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा राससकर्मी सुवास दर्नाल विजयी हुनुभएको छ ।

शुक्रबार बेलुका सम्पन्न मतगणनाअनुसार प्रेस युनियनका दर्नाल प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गर्दै विजयी हुनुभएको हो । निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गर्नुभएको छ । खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित हुनुभएको छ । १३ वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय दर्नाल राष्ट्रिय समाचार समिति (रासस)का सोलुखुम्बु संवाददाता हुनुहुन्छ । उहाँ हिमाल एफएम सोलुखुम्बुका प्रबन्धक पनि हुनुहुन्छ । सोलुखुम्बुमा प्रेस युनियनले १७ वर्षपछि जित हासिल गरेको हो ।

एसोसिएट प्रदेश अध्यक्षमा आचार्य विजयी
काठमाडौँ, नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी हुनुभएको छ । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत गर्नुभएको निर्वाचन समितिका संयोजक ध्रुव लम्सालले जानकारी दिनुभयो ।

उपाध्यक्ष (समावेशी) मा पुष्पा थपलियाले दुई सय १७ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी पवित्रादेवी ढकालले एक सय ८६ मत प्राप्त गर्नुभयो । यस्तै, महासचिवमा अशेष अधिकारीले दुई सय ५४ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी भानु भट्टराईले एक सय ६७ मत प्राप्त गर्नुभयो । अन्य पदमा यस अगाडि नै निर्विरोध रुपमा पदाधिकारी र सदस्य निर्वाचित हुनुभएको निर्वाचन संयोजक लम्सालले जानकारी दिनुभयो ।

यस्तै, एसोसिएट केन्द्रीय सदस्यतर्फ मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत ल्याएर विजयी हुनुभएको छ ।

महासङ्घ एसोसिएटअन्तर्गत कार्टुनिष्ट क्लब, चलचित्र पत्रकार सङ्घ नेपाल, चलचित्र समीक्षक समाज, दक्षिण एसियाली पत्रकार, एभरेष्ट प्रेस क्लब, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल पत्रकार मञ्च, अनलाइन पत्रकार सङ्घ, पर्यटन पत्रकार मञ्च, पत्रकारिता विकास समाज, फोटो जर्नालिस्ट क्लब र पत्रकारिता अनुसन्धान तथा तालिम समाज रहेका छन् ।

जुम्लाको अध्यक्षमा चौलागाईं
जुम्ला, नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाको अध्यक्षमा पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिस्पर्धी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चौलागाईं अध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले जानकारी दिनुभयो ।

यहाँ कुल ५४ मतदातामध्ये ५३ मत खसेको थियो । अध्यक्ष चौलागाईंले २८ मत प्राप्त गर्दा शाहीले २५ मत प्राप्त गर्नुभयो । यस्तै वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरिता पराजुली यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । यस्तै, सदस्यहरूमा मोहन शाही, टेक हमाल, सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

खोटाङमा अध्यक्षसहित सबै निर्विरोध
खोटाङ,  नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको सहमतिपछि सर्वसम्मत गरिएको हो ।

यहाँ अध्यक्षमा हरिबोल आचार्य, उपाध्यक्षमा चिसाङ शेर्पा र सविना अछामे परियार, सचिवमा राजकुमार भट्टराई, सहसचिवमा मनोज आचार्य र राजन ठटाल तथा कोषाध्यक्षमा उजुर राई निर्विरोध चयन हुनुभएको छ । ११ सदस्यीय कार्यसमितिमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेल सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो ।

विधानअनुसार यहाँ १३ सदस्यीय जिल्ला कार्यसमिति हुनुपर्नेमा मधेशी र दलित कोटामा कसैको पनि उम्मेदवारी नपरेको जनाइएको छ ।
यस्तै प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद सदस्यमा उम्मेदवारी दिने उम्मेदवारहरूसमेत सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश परिषद्मा केदार मगर, उत्तम चौलागाई र लोकमणि रिजाल तथा केन्द्रीय परिषद्मा दिलीप खत्री निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत एवम् नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राईले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको मत परिणाम अनुसार सङ्घीय समितिको अध्यक्षमा निर्मला शर्माका लागि १७ तथा रमेश विष्टका लागि पाँच मत प्राप्त भएको छ । प्रदेश समिति अध्यक्षमा भरतबहादुर खड्काका लागि १७ तथा विवेक गौतमका लागि छ मत प्राप्त भएको जनाइएको छ ।

म्याग्दीको अध्यक्षमा गौतम
म्याग्दी, नेपाल पत्रकार महासङ्घ म्याग्दी र मुस्ताङ शाखाका पदाधीकारी तथा कार्यसमिति सदस्यहरु निर्बिरोध निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि म्याग्दीमा हरिकृष्ण गौतम र मुस्ताङमा सुनदेवी रसाइलीको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको हो ।

म्याग्दी शाखाको उपाध्यक्षमा दलप्रसाद बिक (अमित), अमृतप्रसाद पौडेल (बास्कुने), सचिवमा ठाकुरप्रसाद आचार्य, कोषाध्यक्षमा साधन राम्जाली, सदस्यमा कमल खत्री र राकेश शर्माको मात्र उमेद्वारी परेकाले निर्बिरोध भएको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले बताउनुभयो । यसैगरी केन्द्रिय परिषद् सदस्यमा बिनोद धौलागिरि चयन हुनुभएको छ ।

मुस्ताङको उपाध्यक्षमा तृष्णा गौचन, महिला उपाध्यक्षमा फुलकुमारी नेपाली, सचिवमा आदित्य रसाइली, सहसचिवमा सरस्वती ल्वागुन, हिस्मत नेपाली र कोषाध्यक्षमा निरज थकाली निर्वाचित हुनुभएको छ । सदस्यमा बसन्त पौडेल, पेमा छोतेन गुरुङ, केन्द्रिय परिषद् सदस्य चन्द्रेश्वर बस्ताकोटी र प्रदेश परिषद् सदस्यमा लक्ष्मी पौडेल चयन हुनुभएको निर्वाचन अधिकृत भिमबहादुर रसाईलीले बताउनुभयो ।

कञ्चनपुरको अध्यक्षमा धामी
कञ्चनपुर, नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा सुरेश धामी विजयी हुनुभएको छ । धामीले ५८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी राजेन्द्र अवस्थी ४६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य विष्णु अवस्थीले जानकारी दिनुभयो ।

साथै उपाध्यक्ष खुलामा अमरबहादुर चन्द ६६ मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्ष महिलातर्फ धर्मा रोकायाले ६४ मत ल्याएर विजयी हुनुभयो । सचिवमा कुन्दन पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ । सह–सचिव खुलामा गोकुल जोशीले ५६ मत प्राप्त गरी विजयी हुँदा सह–सचिव समावेशीमा किशोरकुमार तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ । साथै कोषाध्यक्षमा मोहन बिष्ट ५५ मत ल्याएर विजयी भएका छन् ।

महिला सदस्यमा एश्वर्या कुवँर निर्विरोध निर्वाचित हुनुभएको छ । दलित सदस्यमा धनबहादुर विकले ५२ मत प्राप्त गर्दा जनजाति आदिवासी सदस्यमा दानसिंह डगौरा(थारु) ५९ मतसहित विजयी हुनुभयो ।

खुला सदस्यतर्फ केशव भट्टले ७९ मत, दिनेशराज ओझाले ५७ मत, धनबहादुर महताले ५४ मत, भवानीदत्त भट्टले ६३ मत, माधव पौडेलले ५६ मत, सुजित सिनालले ७४ मत, सुरेश भट्टले ६९ मत, हरिलाल जोशीले ५२ मत ल्याएर विजयी हुनुभयो । निर्वाचनमा एक सय सात जनाले मतदान गर्नु भएको थियो ।

प्रदेश र केन्द्रका पदाधिकारीको मतगणनाको कार्य भोलि विहान १० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । केन्द्र र प्रदेश पार्षद भने निर्विरोध निर्वाचित हुनुभएको छ ।

तनहुँको अध्यक्षमा अधिकारी
दमौली (तनहुँ), नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डिपी) विजयी हुनुभएको छ । आज सम्पन्न अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३३ मत प्राप्त गरी अध्यक्षमा अधिकारी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नारायण खड्काले ११ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

खुला उपाध्यक्षमा प्रताप राना ३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी सानेबहादुर नेपालीले ११ मत प्राप्त गर्नुभएको छ । सचिवमा कृष्णचन्द्र न्यौपाने २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी अस्मिता खनालले १६ मत प्राप्त गर्नुभएको छ ।

सहसचिव खुलामा ऋषिकान्त दुवाडी ३० मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी विनोद ढुङ्गानाले १३ मत प्राप्त गर्नुभएको छ ।

इसअघि महिला उपाध्यक्षमा सम्झना रसाइली, सहसचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा, महिला सदस्यमा सुनिता आचार्य, सदस्य दलितमा मुना कालिराज विके, सदस्य आदिवासी जनजातिमा चित्र गुरुङ, सदस्य अन्य समावेशीमा रामशरण नेपाली, खुला सदस्यहरुमा राजेश्वर हड्खले ३०, उपेन्द्र खनाल ३५, विष्णु गौतम ३६, विकास खनाल ४१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी अशोक विश्वकर्माले ११ मत प्राप्त गर्नुभएको छ ।

सङ्घीय परिषद् सदस्य खुल्लमा प्रदीप काफ्ले, सङ्घीय परिषद् सदस्य समावेशीमा राजकुमार श्रेष्ठ (विवि), प्रदेश परिषद् सदस्य खुल्लामा शङ्करराज नहर्की, प्रदेश परिषद् सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद् सदस्य (महिला) मा सुनिता थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

ताप्लेजुङमा आचार्य निर्वाचित
फुङ्लिङ,  नेपाल पत्रकार महासङ्घ ताप्लेजुङमा सर्वसम्मत सुवास आचार्य निर्वाचित हुनुभएको हो । सुवास आचार्यको नेतृत्वमा १५ कार्यसमित गठन गरिएको हो ।

जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत केशव भट्टराईका अनुसार आचार्यको नेतृत्वमा उपाध्यक्ष सन्तोषकुमार सार्की, महिला उपाध्यक्ष सङ्गीता कार्की, सचिव कृषण फुरूम्बो, सहसचिव साहारा लिम्बू चयन हुभएको छ । समावेसी सचिव मनमाया लिम्बू र कोषाध्यक्ष मदन गौतम चयन हुनुभएको निर्वाचन संयोजक धर्मप्रसाद पौडेलले बताउनुभयो । पौडेलकाअनुसार महिला सदस्यमा सनिता रसाइली, दलित सदस्य किरण विक र आदिवासी जनजाति सदस्य तेन्जिङ शेर्पा चयन हुनुभएका छन् ।

त्यस्तै खुला सदस्यमा तरूण भारती, दिलकुमार फेम्बू, रञ्जना गुरूङ, टिकामाया याक्सो र एलिना दियाली चयान हुनुभएका छन् । प्रदेश परिषद् सदस्यमा सूर्यप्रसाद लिम्बू (आलोक) र दिनेश लिङ्खिम चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । केन्दीय परिषद् सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास) चयन हुनुभएको छ ।
–––
रूकुमपूर्व अध्यक्षमा बसन्त निर्वाचित
त्रिवेणी (रूकुम–पश्चिम),  नेपाल पत्रकार महासङ्घ रूकुम–पूर्वको शाखा अध्यक्षमा बसन्त बाँठा निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा बाँठाको प्यानल विजय भएको हो । कूल ३३ मत खसेकोमा १७ मत प्राप्त गरेर बाँठा अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी सर्जना कार्कीले १५ मत प्राप्त गर्नुभयो ।

त्यस्तै खुला उपाध्यक्षमा बालाराम शेर्पाली निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी उर्मिला गौतमलाई पराजित गरेर शेर्पाली खुला उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । शेर्पालीले १८ मत प्राप्त गर्दा गौतमले १४ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा जमुना गौतम, सचिवमा निराजन शेर्पाली र कोषाध्यक्षमा सावित्रा खत्री यस अघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

यस्तै खुला सहसचिवमा वीरस थापा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी चेतकुमार विसीलाई पराजित गरेर थापा निर्वाचित हुनुभएको हो । थापाले १७ मत प्राप्त गर्दा विसीले १४ मत प्राप्त गर्नुभयो । त्यसैगरी समावेशी सह सचिवमा बरम बुढा निर्वाचित हुनुभएको छ । बुढाले प्रतिस्पर्धी दिलचन पुनलाई पराजित गर्नुभयो । बुढाले २० मत प्राप्त गर्दा पुनले ११ मत प्राप्त गर्नुभयो ।

लोकप्रसाद बुढाथोकी, बिकास बुढामगर, श्रीधर खड्का, र सामना घर्तीको खुला सदस्यमा निर्वाचित हुनुभएको छ । जनजाति सदस्यमा वीरप्रताव बुढा तथा दलित सदस्यमा शिखर विश्वकर्मा निर्वाचित भएको हो ।

महिला सदस्य हिरा बुढामगर, केन्द्रीय परिषद् सदस्य बसम मल्ल तथा लिङ्कन गौतमको निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । कूल ३४ मतदाता पत्रकार मतदाता रहेको जिल्लामा ३३ मत खसेको थियो भने एक मत बदर भएको थियो ।
–––
उदयपुरको अध्यक्षमा पोखरेल
उदयपुर (गाईघाट), नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेलले ६० मत प्राप्त गरी विजयी हुँदा अध्यक्षका प्रत्यासी भोटराज राईले ४२ मत प्राप्त गर्नुभएको निर्वाचन संयोजक कौशल चेमजोङले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा विश्वराज तामाङ र महिला उपाध्यक्षमा रेनु पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा तुलसीप्रसाद कोइराला, कोषाध्यक्षमा पुरुषोत्तम सापकोटा, सहसचिवमा देवराज राई निर्वाचित हुुनुभएको छ । साथै सदस्यहरुमा खेमराज दाहाल, अञ्जनी अधिकारी, शङ्कर रिखाम मगर निर्वाचित हुनुभएको छ ।

एक सय १० मतदाता रहेको पत्रकार महासङ्घ उदयपुरमा आज भएको निर्वाचितमा एक सय चार मत खसेको थियो ।

रुकुम पश्चिम शाखाको अध्यक्षमा रेग्मी
त्रिवेणी (रुकुमपश्चिम), नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । रेग्मीले २३ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी प्रविर ददेलले १६ र अमरराज पुनले पाँच मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिनुभयो ।

आज भएको निर्वाचनमा खुला उपाध्यक्षमा देवकुमार ओली २४ मत प्राप्त गरी विजयी हुनुभयो । उपाध्यक्षका प्रत्यासी दिवस पोखरेलले १४ मत र भरत चन्दले चार मत पाउनुभयो । सचिवमा दीपेन्द्र महताराले २६ मतसहित विजयी हुँदा परिचन्द्र खत्रीले १७ मत प्राप्त गर्नुभयो ।

साथै महिला उपाध्यक्षमा सुमित्रा केसी, सह–सचिव खुलामा प्रचण्ड खत्री र सह–सचिव समावेशीबाट छिमा केसी, कोषाध्यक्षमा सन्देश जैसी निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिनुभयो । दलित सदस्यमा क्षितिज विश्वकर्मा र केन्द्रीय परिषद् सदस्यमा गनेश विक चिन्तन निर्विरोध निर्वाचित हुनुभएको हो ।

अहिले प्रदेश शाखाको मतगणना भइरहेको र त्यसपश्चात् केन्द्रको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ । आज भएको निर्वाचनमा रुकुम पश्चिममा ६१ मतदाता रहेकामा ४४ मत खसेको थियो ।

हुम्लाको अध्यक्षमा रावत
सिमकोट (हुम्ला), नेपाल पत्रकार महासङ्घ हुम्ला शाखामा राजन रावतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । रावत लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष हुनुभएको हो ।

वरिष्ठ उपाध्यक्षमा सुरेश परियार, उपाध्यक्ष समावेशीमा छपाल लामा, सचिवमा नन्द सिंह, सहसचिव खुल्लामा पदमराज हमाल, सहसचिव समावेशी भक्तराज ऐडी र कोषाध्यक्षमा मन्दिर सिंह सर्वसहमतिमा निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक राजबहादुर शाहीले जानकारी दिनुभयो ।

यस्तै आठ जना जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा नवराज महतारा, नृप हमाल र प्रदेश पारषद् प्रतिनिधिमा मोतिलाल महतारा चयन हुनुभएको छ ।

पर्वतको अध्यक्षमा सापकोटा
पर्वत, नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत हुनुभएको हो ।

समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमा) विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक रहनुभएको छ ।

महासङ्घका सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहनुभएको छ ।

पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन हुुनभएको छ भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन हुनुभएको छ । अध्यक्ष सापकोटा विगत डेढ दशकदेखि राष्ट्रिय समाचार समिति (रासस)को पर्वत प्रतिनिधिका रुपमा कार्यरत हुनुहुन्छ । (रासस)