१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी ऐन संशोधनको तयारीमा छौं, संसद सचिवालयका कर्मचारीका मागहरु सम्बोधन हुन्छन्ः कानूनमन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कर्मचारी ऐन संशोधनको तयारीमा रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले यस्तो बताउनुभएको हो ।

उहाँले संसद सचिवालयका कर्मचारीका माग सम्बोधन हुनेगरी ऐन संशोधनको प्रक्रियामा रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुको कामलाई व्यवस्थित र संवैधानिक तवरले सम्पन्न गर्नको लागि कर्मचारीहरु भूमिका प्रसंशनीय रहेको उहाँले बताउनु भयो । कर्मचारी ऐनमा सर्वोच्चका निर्णय उल्लेख गर्दे विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै ल्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिहरुले गर्ने कामहरुलाई व्यवस्थित र संवैधानिक रुपले व्यवस्थित गर्ने दायित्व र त्यहाँ भएका कमिकमजोरीहरुलाई सुधार गर्दै संसद सचिवालयका पदाधिकारीहरुले ऐन, कानून बनाउनेदेखि लिएर नेपालको संसदीय प्रणालीलाई अझै सशक्त बनाउने कामहरुमा सहयोग गर्दै आइरहनुभएको छ । कर्मचारी ऐन संशोधनको अवस्थामा छ । र त्यसमा संसद सचिवालयका साथिहरुको मागलाई पनि सम्बोधन हुनेगरि ल्याउने जानकारी दिन चाहन्छौं । हामी संविधानलाई अझै व्यवस्थित गर्न ऐन, कानूनमा भएका कमिकमजोरीहरु, सर्वोच्चले आदेशका बेलामा दिएका सुझावहरु, निर्णयहरुलाई कसरी अझै लोकतान्त्रिक मुलुकमा भएका व्यवस्थाहरुको मेल हुनेगरि सबैको सहभागिता र सशक्त रुपले संशोधन गर्नमा यहाँहरुको ठूलो सहयोग छ ।’

विसं २०५८ मा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ । यही अवसरमा शुक्रवार संघीय संसद सचविालयले मुल समारोहको आयोजना गरेको थियो ।