५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सेवाको प्रभावकारिताबारे समिक्षा गरौंः राष्ट्रिय सभा अध्यक्ष



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सेवाको प्रभावकारिताबारे समिक्षा गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले २३ वर्षअघि गठन गरिएको संसद सेवाको लक्ष्यमा पुग्नसक्यौं कि सकेनौं भनेर समिक्षा गर्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले संसदको आवश्यकताअनुसार संसद सेवाको पुनःसंरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानमा राज्यका तीन वटै अंगहरुको भूमिका प्रष्टसँग उल्लेख गरिएको उल्लेख गर्दै व्यवहारिक रुपमा प्रयोग भए÷नभएको समिक्षा गर्न जरुरी रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको मुख्य काम कानून निर्माण, संसदीय निगरानीका साथै सरकारलाई जवाफदेही र जनताप्रति उत्तरदायी बनाउन निरन्तर खबरदारी गरिरहनु हो । आजको संसद्ले आफ्नो मुख्य काममा कतिका प्रभावकारी भुमिका निर्वाह गरिरहेको छ ? संघीय संसद र सांसदहरुले खेलेको भुमिका कस्तो छ ? २३ वर्षअघि जुन लक्ष्य, उद्देश्य र सोचले लिएर अलग्गै संसद सेवा गठन गरिएको थियो । यसको लक्ष्यमा हामी पुग्नसक्यौं कि सकेनौं ? स्वायत्त सेवाको रुपमा गठन गरेको संसद सेवाले सेवाको प्रभावकारितामा योगदान दिन के कस्ता वाधा र व्यवधानहरु भोगिरहेको छ ? संसद सेवा आफैं कति स्वायत्त र बलियो छ रु हामीले विभिन्न फोरमहरुमा छलफल गरेर निस्कर्ष निकाल्नुपर्छ । म विशेष जोड दिएर भन्न चाहान्छु, हरेका वर्ष मनाइने यो संसद सेवा दिवसमा मात्र छलफल, बहस गरेर पुग्दैन । संसदको आवश्यक्ता अनुसार संसद सेवाको पुर्नसंरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउन उत्तिकै जरुरी छ । हामीले संविधानमै राज्यका तीन अंग र तिनका भूमिकालाई प्रष्ट गरिसकेका छौं । व्यवहारिक रुपमा त्यसको प्रयोग भइरहेको छ कि छैन त्यसका बारेमा पनि हामी सबै पक्षले समिक्षा गर्न जरुरी छ ।’

सचिवालयका कर्मचारी सांसद र सरकारले संसद सेवालाई प्रभाकारी बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा उहाँको जोड छ ।