१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरसँग चितवन पराजित



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत २३ औं खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो । विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १३० रनमात्रै बनाउन सक्यो ।

उसका लागि अमर रौतेलाले ४२, सन्तोष कार्कीले २८, कुशल मल्लले २५ तथा रवि बोपाराले २० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले दुई, सुवास भण्डारी, बसिर अहमद, लोकेश बम र क्रिस सोलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्यो ।

उसका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । उनी बलमा ६८ रनसहित अविजित रहे । ४४ बल खेलेका उनले ४ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै, मार्टिन गप्टिलले ४५ रन जोड्दा राजेश पुलामी ३३ रनमा अविजित रहे । विराटनगरले अतिरिक्त २३ रन पायो । बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा सोहेद तनभिर, बसिल हमिद र कुशल मल्लले एक–एक विकेट लिए ।

एनपिएलमा यो विराटनगरको छैठौँ खेल हो । ६ खेलमध्ये विराटनगरले दुई खेल जित्दा चार खेलमा हार ब्यहोरेको छ ।

यस्तै चितवनले ६ खेलमध्ये तीन खेल जितेको छ भने तीन खेलमा पराजित भएको छ ।