२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.26

Wind: 3.09

Humidity: 77

Latest
आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो-राजकुमार शर्मा अन्तरराष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि गभर्नर नियुक्ति मापदण्डमा अल्पकालिन अन्तरिम आदेश जारी पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण सहकारीका समस्याबारे राष्ट्रपतिको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस भएन,साझा धारणा बनेनः कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु बिडम्बना भएको बताएका छन् ।

आज पार्टीद्वारा आयोजित ‘नेपालमा जलश्रोतको चुनौती र समाधान’बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कुनै एउटा मुलुकको स्वार्थ पुर्तिका लागि मात्र नेपालको जलसम्पदा प्रयोग हुने बिषय प्रधान हुन नसक्ने भन्दै पुर्ब उर्जा मन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता ब्यक्त गरे ।

जलसम्पदाको समुचित सदुपयोग गर्नको लागि नीति बन्न नसक्नु सिचाइको क्षेत्रलाई ओझेलमा पारिएको , राजनितीक दलहरुमा यति धेरै महत्त्वपूर्ण इस्युमा बहसको न्युनता रहनु, राष्ट्रिय हित र स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्ने साहसिक र भिजनरी नेतृत्वको अभाब समेत रहनुले पनि जलश्रोत क्षेत्रमा समस्या रहेको चर्चा गरे । कार्यक्रममा जलश्रोत बिज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्ब प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले चुनौती र समाधान बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

उपाध्यायले राजनितीकरणको चपेटा र कमिसनको खेलले नेपालको जलश्रोत क्षेत्र तहसनहस भएको बताए । बिदेशीहरुको स्वार्थ केन्द्रित भएर नेपालका दलहरु सकृय हुनु मुलुकको स्वाभिमान र स्वाधीनताको लागि हितकर नभएको उनले चर्चा गरे । कार्यक्रममा पुर्ब सचिब, बिज्ञ, सन्चारकर्मी र सरोकारवालाहरुले प्रस्तुत कार्यपत्र माथी टिप्पणी सहित आफ्नो धारणा राखेका थिए ।