१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सेवालाई प्रभावकारी बनाउन सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरीः सभामुख



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउनका लागि संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुको व्यवहारिक, प्राज्ञिक र दार्शनिक ज्ञान अभिवृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले विश्वव्यापी रुपमा देखापरेका चुनौतिहरुको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरुको वृद्धि विकास मात्र नभई रचनात्मक ढंगबाट परिचालन गर्न जरुरी रहेको बताउनु भयो । संघीय संसदको प्रभावकारीताको विषयमा विगतबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले देशको राजनीतिक, आर्थिक र सामाजिक स्थितिको सापेक्षता समस्याको मागहरु गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभभयो,‘संसद सेवा प्रभावकारी बनाउनका लागि हाम्रा चुनौतिहरु पनि प्रसश्त रहेका छन् । ति चुनौतिहरुको सामना गर्नको लागि मुख्य गरिकन कर्मचारीभन्दा विशिष्टकृत ढंगबाट हामीले गर्नुपर्ने अनन्त कामहरु छन् । त्यका लागि हामीले कर्मचारीहरुको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ । चाहे प्राज्ञिक क्षमता होस् वा दार्शनिक क्षमताको कुरा होस् कि व्यवहारिक क्षमताको कुरा होस् । विश्वव्यापी रुपमा देखापरेका चुनौतिहरुको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरुको वृद्धि विकास मात्रै होइन, शैक्षिक योग्यताको विकास गर्ने, यस क्षेत्रको अनुसन्धानात्मक ढंगबाट कामहरु गर्ने र यहाँ काम गरेबापत् उनीहरुले अरु कर्मचारीको तुलनामा अनुसन्धात्मक कामहरु गर्नेबारे हामीले सोच्न सकेका छैनौं । यी समस्याको मागहरु गरिरहँदा हामी राष्ट्रियताको सापेक्षतामै गर्छौं । देशको राजनीतिक स्थिति, देशको आर्थिक स्थिति, देशको सामाजिक स्थितिको सापेक्षतामा गर्छौं । तर त्यो सापेक्षतामा पनि हामी ध्यान आत्कृष्ट गर्न सकिरहेका छैनौं ।’

संसद जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने ठाउँ भएकाले मुलुकका विद्यमान समस्या समाधान गर्नको लागि संसद सचिवालयको प्रयत्न प्रभावकारी हुनुपर्ने उहाँको भनाइ छ । वि।सं। २०५८ मा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ ।