१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना



फाईल फोटो
अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

छाती र फोक्सोमा समस्या देखिएपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

चिकित्सकको सुझाव अनुसार जोशीलाई अस्पताल भर्ना गरिएको उपरीक्षक शर्माले बताए । उनले भने, ‘फोक्सोमा समस्या देखिएको छ । छाती दुखेको र ज्वरो आएपछि अस्पताल लगिएको हो ।’

एउटै मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन् । रक्तचाप बढे पनि उनी अस्पताल भर्ना हुन मानेका छैनन् । उनलाई चिकित्सकको टोलीले निगरानी गरिरहेका छन् ।