४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पत्रकार महासंघको निर्वाचन आज, कसले मार्ला बाजी ?



अ+ अ-

काठमाडौं । आज नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासंघको आज निर्वाचन हुन लागेको हो ।

आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीका रूपमा मानिएका छन् ।

प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका हुन । सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैँछन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्यतया: मैदानमा देखिएका छन् ।

महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा देखिएका छन् ।