२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं विश्वविद्यालयद्वारा यही २९ गते एक हजार २५६ जना विद्यार्थी दीक्षित हुँदै



अ+ अ-

काठमाडौं विश्वविद्यालयको यही मंसिर २९ गते हुने ३०औं दीक्षान्त (पहिलो चरण) को समारोहमा एक हजार २५६ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा भारतीय प्रौद्योगिक संस्थान (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) पटनाका निर्देशक प्रा.डा. टी.एन. सिंहको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति विद्या भट्टराईको उपस्थिति हुने तय भएको विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका ३ जना, पीजिडी तहका ५१ जना, एमफिल तहका ३३ जना, स्नातकोत्तर तहका ३ सय ८५ जना, स्नातक तहका ७ सय ८४ जना दीक्षित हुन लागेको विश्वविद्यालयले जनाएको छ ।

स्नातक तर्फ मानविकीका १११ जना, शिक्षा संकायका २५३ जना, इन्जिनियरिङका ७७ जना, कानुनका ३९ जना, व्यवस्थापन संकायका ४६५ जना, मेडिकल साइन्सेजका १८१ जना र विज्ञान संकायका १३० जना रहेका छन् ।

दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको सङ्ख्या ६ सय १५ (४८.९६ प्रतिशत) र महिलाको सङ्ख्या (६ सय ४१) ५१.०४ प्रतिशत रहनेछ । दीक्षित हुनेमध्ये भारत, चीन, श्रीलङ्का, बाङ्लादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भूटान गरी ९ देशका ७५ जना विदेशी विद्यार्थी रहनेछन् । तीमध्ये स्कुल अफ आर्ट्सका १७ जना, स्कुल अफ एजुकेसनका ५ जना र स्कुल अफ मेडिकल साइन्सेजका ५३ जना रहेका छन् ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ आर्ट्सको Master in Urban Studies मा ५ जना, Master in Media Studies मा १ जना र Master of Fine Arts मा २१ जनालाई पहिलोपटक उपाधि प्रदान गरिने भएको छ ।

त्यसैगरी स्कुल अफ एजुकेसनको Master in Indigenous Education and Development मा १९ जना र Master in Training and Development मा १२ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ । स्कुल अफ इन्जिनियरिङको Master in Health Informatics मा २ जना र M. Tech. in Energy Systems (Joint Degree with IIT, Madras) मा ४ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ ।

स्कुल अफ मेडिकल साइन्सेजको Bachelor of Science in Medical Imaging Technology मा ८ जना र Bachelor of Science in Laboratory Medicine मा १० जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ ।

तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा काठमाडौं विश्वविद्यालयबाट कूल ४६ हजार ६९३ जना दीक्षित भएका छन् । तीमध्ये ५७ देशका ५ हजार ५४२ जना विदेशी विद्यार्थी रहेको काठमाडौं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताउनुभयो ।