१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको आर्थिक स्थिति सुधारोन्मुख: राष्ट्र बैंक



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकले देशको आर्थिक स्थिति सुधारोन्मुख रहेको जनाएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दे राष्ट्र बैंकले वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५ दशमलव ६ प्रतिशतमा कायम रहेको तथ्यांकले देखाएको हो ।

तथ्यांक अनुसारआयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ ।

तथ्यांक अनुसार नेपाल सरकारको खर्च रु.४१५ अर्ब २ करोड र राजस्व परिचालन रु.३२३ अर्ब २४ करोड रहेको छ । यसैगरी विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

तथ्यांकअनुसार आयात र निर्यातमा क्रमश: शून्य दशमलव २ प्रतिशत र ४ दशमलव २ प्रतिशतको वृद्धि भएको छ भने विप्रेषण आप्रवाह ९ दशमलव १ प्रतिशतले वृद्धि भई विदेशी विनिमय सञ्चिति १६ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/12/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Four-Months-data-of-2081.82.pdf” title=”Current Macroeconomic and Financial Situation -Nepali (Based on Four Months data of 2081.82)”]