२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित शान्ती, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले संविधानलाई असफल बनउने छुट कसैलाई नभएको बताउनु भयो । उहाँले नेपालमा ६८ वर्षको अवधीमा सात वटा संविधान बनेको स्मरण गरउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको अदारहण भएको बताउनु भयो ।

उहाँले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको बताउनु भयो । उहाँले भोतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताउनु भयो । संविधान विरोधी गतिविधिहरु कुनैपनि हिसावले क्षम्य नहुने लेखकको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले संविधान बनाएका छौं । तुलनात्मक रुपमा हेर्दा यो संविधान अन्य देशका संविधानको तुलनामा असल छ । संसारभरका संविधानहरुलाई अध्ययन गरेर बनाएको हुनाले हाम्रो संविधान कान्छो र सफल हो । संविधानमा हामीले गणतन्त्र र संघीयताको विषयमा महत्वपूर्ण निर्णय गरेका छौं । हाम्रा नयाँ अभ्यासहरु प्रयोग भएका छन् । त्यसरि नै हाम्रा लोकतान्त्रिक मुल्य मान्यताहरुलाई यो संविधानमा समावेश गरेका छौं । यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको मुख्य कार्यभार हो । मैले एउटा कुरा निरन्तर भन्ने गरेको छु, यो संविधानलाई असफल बनाउने छुट हामी कसैलाई छैन । किनभने नेपाल ६८ वर्षमा ७ वटा संविधान बनेको देश हो । हामीले ७ वटा संविधान बनाएका छौं । धेरै, सडक, पलु र विश्वविद्यालय बनाउने कुरा राम्रो हो । धेरै संविधान बनाउने कुरा बेठिक हो । धेरै संविधान बन्नु भनेको मुलुकको राजनीतिक अस्थिरताको उदाहारण हो । ६८ वर्षसम्म हामी राजनीतिक अस्थिरतामा हामी गुज्रियौं । त्यसो भएका कारणले अब यो संविधानलाई असफल हुन दिनुहुन्न । संविधानलाई असफल बनाउन संविधानविरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्न प्रयत्न गर्ने कोसिशहरु हुने गरेका छन् । त्यसका विरुद्ध हामी कडा रुपले उभिन जरुरी छ । केही कुराहरुमा समाधान गर्न नसक्दा नागरिकमा असन्तुष्टि भएपनि संविधानको कमजोरीका कारण मुलुकको विकास हुन नसकेको भन्ने भाष्य र गतिविधि भइरहेका छन् यस्ता गतिविधिहरु कुनैपनि हिसावले क्षम्य हुँदैनन् ।’

उहाँले मुलुकमा साइबर अपराधका घटनाहरु बढिरहेको बताउनु भयो । उहाँले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ती व्यवस्था खल्बल्याउने अपराधिक क्रियाकलापहरु बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रश्तुत हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय साइबर क्राइम बढिरेहको स्थिति छ । साइबर क्राइममा पनि खासगरि घृणात्मक अभिव्यक्तिहरु बढिरहेको पाइएको छ । कसैको व्यक्तिको चरित्र हत्या गरिदिने अथवा समाज समाजका बीचमा द्वन्द्व बढाउने, विषेश, भूगोल, धर्म र भाषाका बीचमा पनि विद्वेष फैलाउनले र समाजलाई गलत ढंगले प्रभावित पार्ने तरिकाले यो अपराध बढीरेहेको छ । यो अपराध नियन्त्रणका लागि पनि हामीले कुनै पनि खालको सम्झौता नगरेर निर्मम ढंगले प्रश्तुत हुन जरुरी छ ।’

जनतालाई कानूनी राज्यको प्रत्याभुति दिलाउने सवालमा सरकारले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ ।