१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने



(तस्बिरः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल/रासस)
अ+ अ-

काठमाडौँ ।भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गरेको हो ।

विश्वका धेरै देशका विमानस्थलहरुमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू—उपग्रहमा आधारित हुन्छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले आगामी माघ १० बाट आरएनपी–एआर प्रणाली प्रभावकारी हुने भन्दै सूचना प्रकाशित गरेको जानकारी दिनुभयो ।

महानिर्देशक अधिकारीले आरएनपी–एआर प्रणालीको सहायताले गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थलमा न्युनतम ८ सय मिटरको भिजिबिलिटीमा पनि जहाजहरु सहजरुपमा उडान अवतरण हुनसक्ने बताउनु भयो । भूउपग्रहमा आधारित हुने यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने बताउनु भयो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्युनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ८ सय मिटरको भिजिबिलिटिमा काम गर्ने महानिर्देशक अधिकारीले बताउनु भयो ।

यस्तै रात्रिको समयमा बन्द हुँदै आएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अब राति १ घण्टा ढिलो र बिहान १ घण्टा अगाडी खुल्ने भएको छ । धावनमार्गसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन भन्दै गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरिएको छ । आगामी माघ १९ गतेबाट लागू हुनेगरी राति ११ बजेदेखि बिहान ७ बजेसम्म ८ घण्टामात्रै विमानस्थल बन्द गरिने पनि महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । बन्द गरिने समय घटेपनि काठमाडौंबाट भैरहवा सारिएको अन्तर्राष्ट्रिय उडान यथावत राखिएको स्पष्ट पार्नुभयो ।