१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किंग्सलाई हराएको छ ।

सुपर ओभरका पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले जम्मा ५ रन बनायो । पोखराका रेमन रेफरले उत्कृष्ट बलिङ गरे ।

यसअघि पोखराको लागि एन्ड्रिज गौस र रेमन रेफरले १८ रन बनाएका थिए । सुपर ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेको बलमा रेफरले दुई छक्का र एक चौका प्रहार गरेका थिए ।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।