काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबिचको खेल सुपर ओभरमा गएको छ ।
विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो ।
पोखरालाई अन्तिम ओभरमा जितको लागि १४ रन चाहिएकोमा रेमन राईफरले दुई छक्का र १ रन लिदै स्कोर बराबर गरे ।










