२७ मंसिर २०८१, बिहीबार
,
Latest
पोखरा र विराटनगरको खेल सुपर ओभरमा वीरगञ्जबाट डिजेल आयात घट्यो अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछः अर्थमन्त्री पौडेल (अन्तरवार्ता) वायु प्रदुषणबाट हुने स्वास्थ्य जोखिमबाट बच्न घरभित्रै बस्न बंगलादेशको आग्रह पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यकः बोर्ड अध्यक्ष श्रेष्ठ विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य रवि लामिछानेलाई अदालत उपस्थित गराइयो कमलादीको कलभर्ट निर्माण पूरा, सहज बन्यो यातायात हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया ‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण



अ+ अ-

काठमाडौँ: जापान सरकारको अनुदान रु एक करोड ३५ लाखको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ ।

बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।