२७ मंसिर २०८१, बिहीबार
,
Latest
टुकुचा कोरिडोर खुलाउन माग संविधानलाई आफू अनुकुल व्याख्या गर्दा प्रदेश सरकारले अधिकार प्रयोग गर्न पाएनन्ः प्रदेशमन्त्री लामिछाने किबी खेतीबाट वार्षिक १० लाख आम्दानी सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो सुपरओभरमा पोखराले विराटनगरलाई दियो १९ रनको लक्ष्य पोखरा र विराटनगरको खेल सुपर ओभरमा वीरगञ्जबाट डिजेल आयात घट्यो अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछः अर्थमन्त्री पौडेल (अन्तरवार्ता) वायु प्रदुषणबाट हुने स्वास्थ्य जोखिमबाट बच्न घरभित्रै बस्न बंगलादेशको आग्रह पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यकः बोर्ड अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जबाट डिजेल आयात घट्यो



अ+ अ-

वीरगञ्ज, (पर्सा) । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१र८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताउनुभयो ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।”

त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो । रासस