२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः आर्सनलले मोनाकोलाई हरायो, डर्टमण्डमाथि बार्सिलोनाको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले फ्रेञ्च क्लब एसी मोनाकोलाई ३–० गोलले हराएको हो ।

घरेलु टोलिलाई जित दिलाउन बुकायो साकाले दुई तथा काई हाभेर्ट्जले एक गोल गरे । खेलको ३४ औं मिनेटमा साकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो ।

७८ औं मिनेटमा साकाले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ८८ औं मिनेटमा हाभेट्रजले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।

आर्सनल ६ खेलबाट १३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने मोनाको १० आंकका साथ १६ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हरायो ।

बार्सिलोनाको जितमा खेलको ५२ औं मिनेटमा राफिन्हाले तथा ७५ र ८५ औं मिनेटमा फेरान टोरेसले (दुई गोल) गरे ।

डर्टमण्डका सेर्होउ गिरासीले ६० (पेनाल्टी) र ७८ औं मिनेटमा गरी दुई गोल गरेपनि टोलिको हार टार्न सकेनन् ।

६ खेलबाट १५ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । डर्टमण्ड १२ अंकका साथ नवौं स्थानमा छ ।

३६ टोलिबीच प्रतिस्पर्धा भइरहेको च्याम्पियन्स लिगमा अंकतालिकाको आठौं स्थानमा रहने टोलि सिधै नकआउट चरणमा पुग्नेछ भने त्यसपछि २४ औं स्थानसम्म रहने टोलिले प्लेअफ खेल्नेछ ।