६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपाल—एडीबीबीच यान्त्रिक सिंचाई नवप्रवर्तन र जलवायु प्रतिरोधी परिदृश्य परियोजना सम्झौता

नेपाल—एडीबीबीच यान्त्रिक सिंचाई नवप्रवर्तन र जलवायु प्रतिरोधी परिदृश्य परियोजना सम्झौता
अ+ अ-

काठमाडौँ । नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच यान्त्रिक सिंचाई नवप्रवर्तन परियोजना (एमआईआईपी) र जलवायु अनुकुल परिदृश्य र जीवनयापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुधवार अर्थ मन्त्रालयमा नेपाल र एडिबीबीच उक्त परियोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ बराबर) को सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । एमआईआईपी कार्यान्वयनका लागि १ करोड ५० लाख अमेरिकी डलर (२ अर्ब नेपाली रुपैयाँ)अनुदान र ११ करोड अमेरिकी डलर (१४ अर्ब ८८ करोड रुपैयाँ बराबर) ऋण सम्झौतामा अर्थसचिव डा। रामप्रसाद घिमिरे र नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड कचोइसले हस्ताक्षर गर्नुभयो । परियोजनामार्फत किसानलाई आफ्नो खेतको आवश्यकताअनुसार पानीको पहुँच प्रदान गर्न अनुमति दिने प्रिपेड कार्ड प्रणालीसहित उन्नत सिंचाई प्रविधिहरू प्राप्त हुने विश्वास लिइएको छ ।

आयोजना मधेस प्रदेशका रौतहट र सर्लाही लगायतका जिल्लामा लागू हुने र यसबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास गरिएको छ । परियोजनाले कृषि उत्पादकत्वमा सुधार, सिंचाई सुविधा र खाद्य सुरक्षामा योगदान दिने सचिव घिमिरेले बताउनु भयो । त्यसैगरी समुदायमा आधारित जलवायु उत्थानशिल कार्यक्रम कार्यान्वयनका लागि २२ मिलियन अमेरिकी डलर (२ अर्ब ९७ करोड बराबर) को अनुदान सम्झौता र एक करोड अमेरिकी डलर (१ अर्ब ३५ करोड रुपैयाँ बराबर)को ऋण सम्झौतामा मन्त्रालयका सहसचिव धनीराम शर्माले हस्ताक्षर गर्नुभयो । यो रकम जलवायु परिवर्तनको प्रभावबाट अत्याधिक जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रान्तका ग्रामीण समुदायहरूको जलवायु उत्थानशिल जीविकोपार्जन क्षमता बढाउनमा केन्द्रित हुने बताइएको छ । यस परियोजनाले पानीको असुरक्षालाई सम्बोधन गर्ने, प्रकृतिमा आधारित जीविकोपार्जनलाई प्रवद्र्धन गर्ने र जलस्रोतको दिगो व्यवस्थापनमार्फत स्थानीय समुदायहरूलाई सशक्त बनाउनेछ ।

त्यसैगरी समुदायमा आधारित जलवायु उत्थानशिल कार्यक्रमको आयोजना सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुंगाना, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव दीर्घनारायण कोइरालाले हस्ताक्षर गर्नुभयो । सम्झौता कार्यक्रममा देशीय निर्देशक काउचोइसले नेपालको विकास लक्ष्यहरूलाई समर्थन गर्र्ने बताउनु भयो । विशेष गरी जलवायु अनुकुलन, कृषि उत्पादकत्व, र पानी सुरक्षाको क्षेत्रमा सहयोग पु¥याउने प्रतिवद्धता जनाउनु भयो ।

अर्थ सचिव डा। रामप्रसाद घिमिरेले एडीबीको निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद व्यक्त गर्नुभयो । डा। घिमिरेले यी आयोजनाहरूले सिंचाई पूर्वाधारमा मात्रै नभई नेपालको सबैभन्दा जोखिममा परेका समुदायहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । डा। घिमिरेले ग्रामीण जनजीवनमा सकारात्मक र दिगो प्रभाव पार्ने उद्देश्यले आयोजनाको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न कार्यान्वयन गर्ने निकायलाई आग्रह गर्नुभयो । खाद्य सुरक्षा सुनिश्चित गर्न र जलवायु परिवर्तनसँग लड्न, उन्नत सिंचाई प्रविधि र दिगो जलस्रोत व्यवस्थापनमा महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।

यी सम्झौताहरूमा हस्ताक्षरले नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न, पानी सुरक्षा सुधारका प्रयासहरूमा एउटा महत्वपूर्ण कोशेढुङ्गा हुने विश्वास गरिएको छ ।