२५ कार्तिक २०८२, मंगलवार
,
Latest
बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री खनाल सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” ‘सिडिओ’ पैदलै गाउँमा आएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिगबाट बाहिरिने पहिलो टोली बन्यो लुम्बिनी, काठमाडौंसँग १८ रनले पराजित



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)मा बुधवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले हराएको छ । यो हारसँगै लुम्बिनी लिगबाट बाहिरिने पहिलो टोली बनेको छ । ६ खेल खेलिसकेको लुम्बिनीले १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ ।

काठमाडौँले भने ४ खेलमा दुई जित र दुई हारसहित ४ अंक जोडेको छ । काठमाडौँले भने प्लेअफ सम्भावना कायम राखेको छ ।

काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। यस्तै उन्मक्त चन्दले १४ रन तथा सुर्य तामाङले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीलाई अलआउट गराउन काठमाडौंका कप्तान करन केसीले ४ विकेट लिए । यस्तै दिपेश कँडेलले ३ विकेट तथा जेरहार्ड इरास्मसले दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रन बनाएको थियो ।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए। त्यस्तै, ड्यान ड्वाथवेटले २१ र प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेश गौतम र रेमन सिमण्डसले समान दुई–दुई विकेट लिए। त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए ।