१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको झिनो लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल)मा बुधवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको झिनो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँ १९.२ ओभरमा अलआउट हुँदै जम्मा १०३ रन बनायो ।

लुम्बिनीका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । स्टीफन एस्किनाजीले १३ रन र डेन डउथवेटले २१ रन बनाए ।

लुम्बिनीका लागि साद बिन जफर र अभिषेश गौतमले २–२ तथा सूर्य तामाङ, विवेक तामाङ र रामोन सिमन्ड्सले १–१ विकेट लिए ।